केन्द्रीय संस्करण
विचार

अझै पनि गुटफुट : कसरी आउँछ समाजवाद ?

आदिम साम्यवाद, परिवार, गोत्र र कम्युनिस्ट संस्कृति

person explore access_timeजेठ १९, २०७६ chat_bubble_outline0

हामी परम्परागत समाजबाट जीवन चलाउँदै आएका छौँ । त्यो समाज बन्ने क्रम आदिम जङ्गली युुगदेखि नै थियो । तर आदिम युुगमा खेतीपाती गर्ने तथा कुुनै व्यवसाय गर्ने चलन थिएन । मानिसहरू सबै मिलेर गुुफा खोज्थे कि घर बनाउँथे र एकै ठाउँमा बस्थे । त्यसरी बस्दा उनीहरूलाई छुुट्टा–छुट्टा भान्सा बनाउन सम्भव हुुँदैनथ्यो । त्यसकारण उनीहरूले जुुनसुुकै चीज ल्याए पनि एकै ठाउँमा राख्ने र बाँडेर खाने गर्थे । सबै मिलेर एकै ठाउँमा खेतीपाती, धन्दा र काम गरेर जीवन चलाउने हुनाले त्यो समयलाई आदिम साम्यवाद भनिन्छ ।

पछि मानिसहरूको जमात ठूलो हुुँदै गयो । एकै ठाउँमा परिवार अटाउन सकेन । उनीहरूले क्रमशः सानो परिवार बनाउन लागे । अर्थात् भाइ भारदारहरू छुुट्टिएर बस्न थाले । त्यतिखेर मातृसत्तात्मक राज्य थियो । मातृसत्तात्मक राज्यलाई आदिम साम्यवादी समाज भनिन्थ्यो । 

पहिले मातृसत्तामा विवाहको प्रणाली थिएन । विवाहको प्रणाली नभइससकेपछि आफ्नै परिवारभित्र यौन सम्बन्धहरू चल्थ्यो । एउटै परिवारमा दस बाह्र दाजुभाइ तथा दिदी बहिनी हुन्थे । एउटै परिवारभित्र कसको सन्तान भनेर नचिनिने अवस्था हुन्थ्यो । त्यस्तो अनियमित रूपको समाज हुुँदा विज्ञानको कुुरा आयो । विज्ञानले रगतको सम्बन्ध जति टाढा हुुन्छ, सन्तान त्यति स्वस्थ जन्मिन्छन् भन्ने कुराको पुष्टि गर्याे । नजिकको परिवार र नातागोताको बीचमा सम्बन्ध हुुँदा सन्तान कमजोर जन्मिन्छन् भन्ने थाहा पाए । त्यसपछि विवाह आफ्नो वंशभन्दा टाढाको खोजेर गर्न थाले । ठूला– ठूला समूह बन्दै गएपछि एकै ठाउँमा बस्न सम्भव भएन । त्यसपछि मानिस अलग अलग शाखामा विभाजन भए ।

पछि मानिसले गाई पाल्न थाले । पहिले गाई दूध खान पालेका होइनन् । मासु खान पाल्ने गर्दथे । त्यतिखेर पाहुुनालाई गाई काटेर मासु खुुवाउँदा धेरै सम्मान गरेको ठानिन्थ्यो । पुुराणमा त्यस्ता घटना धेरै छन् । पछि परिवार ठूलो हुँदै गएपछि जङ्गलको सिकार र कन्दमूल खानुुभन्दा आफै खेती गर्नुपर्छ भन्ने ज्ञान उनीहरूमा हुँदै गयो । 

आदिम साम्यवादपछि परिवारको समूह मिलेर गोत्र बन्यो । एकथरी मान्छे गोठ र समूह बनाएर बस्ने गर्थे । उक्त गोठलाई केन्द्रित गरेर गाईको रक्षा गर्ने र एउटै समूहमा बस्ने हुनाले गोत्र भनियो । गोत्र बनिसकेपछि आफ्नो परिवारको भन्दा अर्कै गोत्रमा विवाह गर्दा मान्छे निरोगी हुुन्छन् भन्ने निर्णय मानिसहरूले गरे । त्यो निर्णयपछि मान्छेको आयुु लम्बिएको देखियो । आदिम समाजमा मानिसहरू सँगसँगै काम गर्ने र खाने भएकाले त्यो समाजलाई साम्यवाद भनियो । 

बेदमा एउटा मन्त्र छ 

 सहनाववतु सहनौभुनक्तु सहवीर्यं करवावहै,
सहनाववतुु : हामी सँगसँगै हिँडौँ डुलौँ ।सहनौभुनक्तु : सँगसँगै बसेर खाउँ र सहवीर्यं करवावहै : सँगसँगै काम गरौँ ।

अहिले गोपाली भन्ने थर छ । गाईपाल्ने हुुनाले उनीहरूको थर गोपाली भएको हो । त्यसपछि गर्मी ठाउँमा भैँसी पाल्न सजिलो भयो । भैँसी पाल्नेको महिषपाल थर भयो । त्यस्तै एउटा एउटा नामबाट मानिसका थर बन्दै गयो । गोत्र हजुरबुुबा हजुरआमाबाट चल्दै आयो । थर चाहिँ मानिस जहाँ बसे त्यसकै आधारमा बन्यो । नेपालीहरूमा गौतम, पौडेल, अज्र्याल आदि थरहरू छन् । गौतम भनेको गोताम भन्ने ठाउँबाट, पौडी गढवालबाट आएको हुुनाले पौड्याल भयो । यसरी थर बन्दै आयो । थर पनि धेरै भएर गाह्रो हुुन थाल्यो । यसरी आदिम समाज आयो । थर छुुट्टियो । थर छुुट्टिइँदै गएपछि गोत्र बन्यो । गोत्र बनिसकेपछि गाई पाल्ने परम्पराको सुरुवात भयो । गोत्र समाज आइसकेपछि मान्छेहरूले गाई पालेर खेती गर्नुुपर्छ भनेर खेतिका लागि जग्गा खोजी गर्न थाले । खेती गर्नलाई मल चाहियो । घाँस काट्ने चलन भयो । यसरी विकसित भयो समाज । 

त्यसपछि मानिसले गाई एकअर्कामा बाँडेर छुुटिट्एर बस्न थाले । त्यतिबेला मानिसहरूको ठूलो जमात थियो र खेतीपाती पनि सुरु भएको थिएन ।  गाई बाँडिसकेपछि मानिसहरू आदिम समूहबाट गोत्र समूहमा गए । जस्तै माण्डव्य ऋषिले एउटा गोत्र चलाए । त्यस्तै मानिसहरूले आआफ्नो गोत्र चलाउन लागे । गोत्र प्रणाली चलाइसकेपछि मानिसहरू समूहमा बस्न छाडेर टाढा बस्न थाले र विस्तारै खेतीतिर जान थाले । पहिले मानिसहरू सबै मिलेर काम गर्थे । पछि खेतीको युगमा आइसकेपछि ठूला ठालुुहरूले कब्जा गर्ने र सबैलाई कज्याएर बस्ने जमिनदारी प्रणालीको सुरुवात भयो । राजा रजौटाहरू पनि त्यस्तै हुुन थाले । सानासाना राजा रजौटाहरूले निश्चित क्षेत्रमा खेतीपाती गर्न थाले । 
 
जनसङ्ख्या बढेपछि मानिसहरू एउटा देशबाट अर्काे देशमा जान थाले । पहिले जुुन ठाउँलाई नेपाल भन्थ्यौँ त्यो अहिलेकोे राजधानी वरिपरि मात्र थियो । समथर र उर्वर जग्गामा मान्छे बसिसकेपछि त्यसको नाम नेपाल रहन गयो । बागमती उपत्यका वरिपरि राम्रो सभ्यता बनिसकेपछि यहाँबाट तिब्बत र भारत जान नजिक हुने भएकाले बाहिरका मानिस पनि यहाँ आएर बस्न थाले । त्यसपछि मान्छे कृषि युुगमा प्रवेश गर्याे । कृृषि युुगमा आइसकेपछि कृषिले मात्र उनीहरूलाई सबैथोक दिन सकेन । अन्न तरकारी त भयो अब कपडा के लगाउने ? तराईमा धेरै गर्मी हुने भएकाले त्यहाँका मानिसलाई थोरै कपडा भए पनि हुुने भयो । पहाडका मानिसलाई तराईका मानिसलाई भन्दा अलि धेरै कपडा चाहिने भयो । हिमालमा धेरै जाडो हुुने भएकाले धेरै कपडा चाहिने भयो । तिनीहरूले जातका आधारमा कपडा बनाउन लागे र त्यसलाई विस्तार गर्न थाले । त्यसपछि कपडाको समस्या समाधान भयो । त्यसपछि बास बनाउन थाले । धेरै परिवार भएकाले छुुट्टिने चलन भयो । त्यसरी मानव सभ्यताको सुरुवात भयो । 

त्यसपछि व्यापारको चलन आयो । व्यापारको चलन आइसकेपछि किसानहरूले सट्टा पट्टा गर्न थाले । सट्टा पट््टा गरेर कुुम्लो बोक्दा अप्ठ्यारो हुुन थाल्यो । त्यसपछि मुुद्रा निकाले । मुुद्रा निकाल्दा पनि गाह्रो भयो । अनि नोट निकाले । त्यसरी हाम्रो समाज यहाँसम्म आइपुुग्दा मान्छे एकथरी एकदम धनी भए भने एकथरी गरिब भए । धनी हुुने मध्यमा सामन्तहरू पर्छन्, जसले बलिया बलिया नोकर चाकर राख्छन् । जनतालाई पनि हैकममा राख्छ । कसैलाई रिन दिन्छन् । ब्याज लिन्छन् र धनी बन्छन् । यस्तो खालको परम्परा भइसकेपछि एउटा मानिस धनी हुुने धेरै मानिस गरिब हुुने दास प्रथाको सुरुवात भयो । मान्छे दास प्रथाबाट मुुक्त हुुनुुपर्छ भनेर दासहरूले विद्रोह गरी आ आफ्ना जग्गा बनाए । त्यसपछि चन्द्र शमशशेरको पालामा दास प्रथाको उन्मूलन भयो । दासप्रथा रोकिसकेपछि गाउँमा सामन्तहरूको बोलबाला भयो । उनीहरूको धेरै जग्गा पनि थियो । केही स्वतन्त्र किसान पनि थिए ।

सामन्तको मातहतमा जग्गा अधिया खाएर बस्ने पनि थिए । त्यो सामन्ती व्यवस्था भयो । सामन्ती व्यवस्थामा थोरै मानिस धनी भए । धेरै मानिस गरिब भए । गरिब भइसकेपछि उनीहरूले हामी दास प्रथा मान्दैनौँ भनेर विद्रोह गरे । विद्रोहमा आउँदा जमिनदारको जग्गा बाँडेर कि जग्गा देऊ कि सरकारले व्यवस्था गरिदेऊ भने । जमिनदार उदार रहेछ भने जमिनदारले अलिअलि जग्गा बाँडिदियो होला नत्र सरकारले नै बाँडिदियो । त्यसपछि अन्तिममा भूमिसुुधारले जग्गा नहुुनेहरूलाई जग्गा दिने, खेती गर्नलायक बनाउने र आत्मनिर्भर बनाउने काम गर्यो ।
त्यसपछि शिक्षाको कुुरा आयो । पहिले एकले अर्कालाई घोकाउने चलन थियो । पछि लेख्ने र पढ्ने पम्पराको विकास भयो । हामी कम्प्युुटरको युुगमा आयौँ ।  

यतिखेर समाज सिङ्गो राष्ट्रका रूपमा पुुग्यो । राष्ट्र राष्ट्र अलग भए । ती राष्ट्रहरू पनि सानोलाई ठूलोले हेप्ने चलन भयो र राष्ट्रसङ्घ बनाउने आवाज उठ्यो  । राष्ट्रसङ्घ बनाएपछि ठूलो र सानो राष्ट्रका बीचमा समन्वय भयो ।

अब साम्यवाद त भनियो तर साम्यवादमा कसरी जाने ? कि जमिनदार र सबै किसानको जमिन साझा बनाउनुुपर्याे कि सरकारले कब्जा गरेर साझा खेती गर्नुुपर्याे । साझा खेती गरेपछि एक ठाउँमा अन्न थुुपार्याे । परिवार जति छन् बाँड्यो । त्यो ठाउँमा पुुग्दा पहिलो चरणमा उनीहरूले जनताको आवाज एकत्रित गर्नेको दलिय सङ्गठन बनाउँछन् । त्यो उनीहरूको एकताको पर्यन्त भयो । त्यसपछि उत्पादनको प्रयत्न हुन्छ । त्यसपछि वितरणको प्रयत्न हुन्छ । अनि मात्र समान व्यवहार अनुरूप बाँड्दै जाने भएपछि त्यसलाई समाजवाद भन्न सकिने भयो । त्यसभन्दा माथि राज्यले व्यवस्थित किसिमले सबैलाई बराबर वितरण गर्ने प्रणालीमा गएपछि साम्यवाद हुुने भयो । संसारमा अहिलेसम्म साम्यवाद पूूर्ण रूपले त लागू भएको छैन तर समाजवादी युगमा भने कुनै देशहरू प्रवेश गरेका छन् । चीनमा मानिस अझै पनि कुनै मानिस धनी छन् र कुनै गरिब पनि छन् । तर भोको कोही छैनन् । 

हामीकहाँ मानिस  भोका पनि छन् नाङ्गा पनि छन् । हामीले सामन्तवादको चरणबाट राजतन्त्रलाई बिदा गर्यौं । हामी पुजीँवादी युुगमा आएका छौँ । पुँजीवादी युुगमा पँुुजीपति वर्गको ठूलो हैकम हुुन्छ तर मजदुुर वर्गको हैसियत न्यून हुन्छ । त्यसरी समाजमा सबै बराबर हुँुदैनन् । एउटै हातका औँला पनि लामा छोटा हुुन्छन् । 

यसरी काम गर्ने परिवारलाई गुुजारा गर्नको लागि, सामान्य शिक्षा प्राप्त गर्नका लागि, सामान्य लुुगा लगाउन र खान पुग्न सक्ने व्यवस्था सरकारले सामूहिक रूपमा मिलायो भने पहिलो चरणमा समाजवाद हुुने भयो । धेरै विकास भइसकेपछि कसैलाई पनि म गरिब छुु भन्ने नभइसकेपछि साम्यवाद हुने भयो । त्यो साम्यवाद रुसमा हुुन लागेको थियो भत्कियो । अझै विश्वमा साम्यवाद आएको छैन । विश्वमा अहिले पुजीँवाद छ । अलिअलि समानताको उचाइ पनि छ । जस्तै वृद्धा भत्ता दिन थाले । यो समाजवादतिर जाने लक्षण हो । पूरै नेपालभरिका सरदर मानिसले खान र लगाउन पुुगेको छ भन्ने भएपछि समाजवाद भयो । अन्त्यमा सबैले बराबर उपभोग गर्न पाउने भए भन्ने स्थितिमा पुगेपछि साम्यवाद हुुन्छ । विकासको सिद्धान्त यही हो  ।

 म दक्षिण कोरिया गएको थिएँ । कोरियामा कुुनै पनि केटाकेटीका बाबुुआमाले पढाउन पैसा खर्च गर्नुु पर्दैन । सबै सरकारले बेहोर्छ । उनीहरू योग्य भइसकेपछि स्वतः काम पाउँछन् । त्यस्तो प्रणाली छ त्यहाँ । त्यहाँ फाटेको लुुगा लगाएको मानिस देखिँदैनन् । झुुप्रोमा बसको मानिस पनि देखिँदैन । थोरै मिहिनेत गर्ने मानिसले अलि सुुखी जीवन बिताएको छ । कोही अलि कमजोर होलान् तर सबैले राम्रो खान पाएका छन् । सानो देश भएको हुुनाले त्यस्तो सम्भव भयो । चीनमा माओत्सेतुुङको समयदेखि सानोतिनो रोजगारी त सबैको हातमा आएको छ । उनीहरूले पढ्न चाहेको खण्डमा जहाँसम्म पनि पढ्न पाएका छन् ।  
मानिसले के चाहन्छ, कति प्रगति गर्न सक्छ त्यसअनुुसार राज्यले जिम्मेवारी दिन्छ । धेरै धन थुपार्ने आवश्यकता पनि त्यहाँ रहँदैन । सबै सुविधा भइसकेपछि त्यो उच्च स्तरको समाज बन्छ । त्यो समाजवादमा पुर्याउनका लागि विश्वका कतिपय देशहरूले प्रयत्न गर्दैछन् ।

कम्युनिस्ट संस्कृति 
एउटा होटलमा गइसकेपछि कसैले तिमी कुुन जातिको भनेर सोध्छन् ? सोध्दैनन् । मानिस जुुन जातिको भए पनि होटलमा खाने मामलामा बराबर हुुने भयो । मानिसले मैले खान पाइनँ, घर बनाएर बस्न पाइनँ भन्ने खालको स्थितिमा छ भने हामी साम्यवादमा पुगिसकेका छैनौँ । हामीले आआफ्नो योग्यताअनुुसार रोजगारी पाएका छौँ । हाम्रो परिवारलाई पनि सरकारले सबै थोक पुर्याइदिएको छ । हामीले श्रम गरेर सरकारलाई धन थुपारेका छौँ । सरकारले हामीलाई पढाइरहेको छ । बेरोजगारी भएसम्म उसले भत्ता दिएर पाल्नुपर्याे कि त रोजगारी दिनुुपर्याे । विवाह गर्दा पनि सरकारी खर्चमा गर्नुपर्याे । त्यो ठाउँमा हामी पुगेको छैनौँ । तर त्यहाँसम्म पुग्नका लागि हाम्रा कतिपय देशहरू समाजवादमा पुगेका छन् । साम्यवादका लक्षणहरू देखिएका छन् । धेरै देश पुुँजीवादमा छन् । कतिपय ठाउँमा सामन्तवादी लक्षण पनि छन् । 

कम्युनिस्ट संस्कृतिको अभ्यास 
भविष्यमा सरकारले सबै नागरिकलाई समान व्यवस्था गर्छ भने बढी जमिन जम्मा गर्ने स्थिति आवश्यक पर्दैन भन्ने सोच भएका मानिसहरू कम्युनिस्ट हुन् । त्यो चरणमा पुग्नका लागि लामो अभ्यास आवश्यक पर्छ । उत्तर कोरियामा त्यो अभ्यास चलेको छ । चीनमा पनि विभिन्न ठाउँमा कम्युनका इलाकाहरू बनेका छन् । तर सबै ठाउँमा चीनमा पनि बनेका छैनन् । मानव सभ्यताको इतिहासमा सामन्तवाद हजारौँ वर्ष चल्यो भने पुजीँवाद सयौँ वर्ष चल्यो । अब केही वर्षमा समाजवाद हामीले नै ल्याउन सक्छौँ । किनभने उत्पादन गर्नलाई धेरै आधुनिक तरिकाहरू आए । कैयौँ चिजहरू  मेसिनले तयार गरिदिन्छ । मानिसलाई खान, लाउन, मनोरञ्जन गर्ने सबै तहमा समान स्तरमा मानिस पुगेपछि त्यो  समाजवाद भयो । त्यस्तो प्रयोग हुँदै छ संसारमा ।

नेपालमा केही समय पहिलेसम्म जमिनदारी प्रथा थियो । जमिनदारका हजार बिगा प्लट थिए । कैयौँ मानिस बेरोजगार थिए । भूमिसुधार गर्दा उसको परिवारलाई सरदर चाहिनेभन्दा बढी ओगटेको जग्गा सरकारले लिने भयो । त्यो जग्गा लिएर जग्गा नहुनेहरूलाई दिने भयो । सुकुम्बासी भन्थ्यौँ हामीले । ती सुकुम्बासीले अहिले सामान्य जग्गा लिएका छन् । पहिले पहिले बत्ती बाल्नका लागि घरमा टुुकी बाल्दथ्यौँ । अहिले बिजुुली सबैको घरमा आयो । सबैको बच्चाबच्ची स्कुलमा पुग्ने स्थिति असी प्रतिशत पुग्यो । पढ्नै नसक्ने मानिसहरूका छोराछोरीलाई सरकारले पढ्नेतिर लैजानुपर्याे । अहिले अलिअलि सुुरुवात भएको छ, त्यो सुरुवातको चरणमा छ । 

बेलाइ र गराइमा तादाम्यता
पहिले पनि कुुनै बाहुन उदार हुन्थे । तल्लो जात मानिने मानिसहरूलाई पेटीमा सम्म बस्न दिन्थे । कसैले आँगनमा पनि बस्न दिँदैनथे । अहिले त्यस्तो चलन छैन । कम्युनिस्टहरूले धेरै सम्पत्ति थुपार्न चाहँदैनन् भनियो । चाइना, क्युवामा अहिले सामान्यतया मान्छे भोकै मरे भन्ने सुन्दैनौँ । पहिले धेरै मानिस मर्थे । अहिले हाम्रो गाउँमा एकदम फाटेको लुगा लगाएको देख्दैनौँ । केही सुधार भएको छ । हामी अब ४०÷५० वर्षमा समाजवाददेखि साम्यवादसम्म जान सक्ने स्थिति हुनसक्छ । 

म पार्टीमा काम गर्दै जाँदा पार्टीमा स्कुल पनि चलायौँ । सांस्कृतिक अभियान पनि चलायौँ । सबै तल्लो जात भनिने मानिसहरूलाई लिएर पशुपतिमा प्रवेश गरायौँ । गाउँघरका पँधेरामा पानी खान आउनुपर्छ भन्यौँ । अब कसैले पनि त्यो पँधोरामा पानी खान पाइँदैन भन्दैन । 

नेपालका नेताहरूले कम्युनिस्ट संस्कृति 
मलाई नै भन्नुुभयो भने सबैभन्दा पहिले दमाइ भनेर चिनिने, समाजले जातीय रूपमा छोइछिटो गर्ने गरेको मानिस कहाँ गई पूजा गरेर प्रसाद खाएँ । समाजको ठूलो विरोध सहनुपर्याे । त्यसपछि म दलित सङ्गठनको इन्चार्ज भएँ । दलितहहरूलाई पशुुपतिमा मन्दिरमा लगेर प्रवेश गराए । हामीले संस्कार दिनका लागि आफै प्रयत्न गर्नुपर्छ । एकै पटक सबै कुुरा हुँुदैन । हामीले समाजवादमा जानका लागि पहिले संस्कार बनाउनुुपर्छ । मान्छेलाई धन कति भए पुुग्छ ? दुुई छाक खाइएकै छ । हामी सन्तुष्ट नै छौँ भने कसैको सम्पत्ति खर्ब भयो भनेको सुनेका सुन्यै छौँ । त्यसरी समाजलाई परिवर्तन गर्ने कुुरा लामो हुुन्छ । 

कम्युनिस्ट पठन संस्कृति
म पार्टीमा हुुँदा मैले पार्टी स्कुुल खोलेको थिएँ । अहिले पनि पार्टी स्कुुल त छ तर नेताहरू आएर भाषण गरेर जान्छन् । म प्रमुुख हुुँदा मैले पूरै पाठ्यक्रम बनाएको थिएँ । लिखित परीक्षा लिएर, प्राध्यापकहरूले प्रशिक्षण दिएर सात दिन परीक्षा लिएका थियौँ । त्यसपछि त्यो स्कुल चलेन । केपी कमरेडले पार्टी स्कुुल चलाउनुु भएन । उहाँले पार्टी स्कुुलको जिम्मा लिइसकेपछि जसरी मैले चलाएको थिएँ त्यसरी उन्नत गराएर लैजानुुपथ्र्यो । त्यो गर्नुुभएन । अहिले पनि तपाईंले गुट फुट देख्नुुहुुन्छ । गुट बनाउने हो भने समाजवाद कसरी भयो ? अहिले पनि पार्टी नेतृत्वहरूमा प्रचण्डको धन कति होला भनेर के बुुझन सकिन्छ ? 
प्रचण्डका गुुरिल्लाहरूले नै हाम्रो पाँच करोड रुपियाँ प्रचण्डले खाइदिए भनेका छन् । आफू नै क्रान्तिकारीको नेता हुुने आफू नै इमानदार नहुनुुको परिणाम के भयो त ? उहाँको घरभित्र सबै कुुुरा लथालिङ्ग भयो । उहाँलाई पनि तनाव भयो ।

पुुरानो विचार 
पुरानो विचार हाबी भयो भने समाजवाद आउँदैन । बच्चालाई सानैदेखि नै संस्कार सिकाउनुपर्छ । स्कुुलमा एक क्लासदेखि नै हामीले समाजवादको शिक्षा दिएनौँ विद्यार्थीले घरबाट दिनदिनै लुुगा फेर्दै आउँछ भने अरू नानीहरूलाई हीनताबोध हुुन्छ । स्कुलमा बस्दासम्म हामीले एकै खालको लुुगा लगाउनुुपर्छ । हामीले एकै खालको खाजा खान पाउनुुुपर्छ । हामीले देशको सेवा गर्नका लागि सरकारले जहाँ पठाउँछ त्यही गएर सेवा गर्नुपर्छ भन्ने खालको संस्कार दिँदै जानुपर्छ ।  पार्टीमा गुुटबन्दी नगराउने र कम्युुनिस्ट पार्टी नफुटाउँदै जाने हो भने चाँडै नै हाम्रो देशमा समाजवाद आउन सक्छ । नत्र अहिलेको सरकारको किसिमले जाने हो भने पुुष्पलाल, तुुल्सीलाल र मनमोहनको पुुस्ता पनि गयो ।

प्रचण्ड को धन कति छ ? केपीको धन कति छ ? अहिलेकी राष्ट्रपतिले मेरो सरकार भनेर यत्रो बबाल आएको छ । हाम्रो देशको सरकारको मैले नेतृत्व गरेकी छुु भन्नुुपर्ने हो । यहाँ सबै किसिमका कम्युनिस्ट पार्टी छन् । सबैले हामी कम्युनिस्ट बन्यौँ पनि भनेका छन् तर उनीहरूमा वास्तविक मानवीय भावना छैन । पुुरुषले आफ्नी श्रीमतीलाई पहिले तँ भन्थे । अहिले तिमीसम्म भन्न थालेका छन् । तपाईं भन्ने कोही कोही होलान् । आफ्नै श्रीमतीलाई आदर गर्नुुपर्ने हो नि तर गर्दैनन् । 

जमिनदारी प्रथा तोडियो । यहाँ हिजोका कैयौँ कम्युुनिस्टहरू अहिले बाहिर गएर ठूलो ठूलो गफ दिन्छन् । हाम्रो देशमा आफ्नै किसिमले अद्योग धन्दाको विकास गरेर, सबैलाई रोजगारी दिएर, सबैलाई शिक्षा दिएर बराबरी हैसियतमा पुुर्याउने लक्ष्यअनुुसार जानुपर्छ । त्यसरी गइसकेपछि बल्ल जग बस्छ । अगाडि जान सकिन्छ । 

( सुनिता न्यौपानेले गरेको कुराकानीमा आधारित ।)
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...