सिगरेट खानेलाई जागिर दिन्नँ
हेनरी फोर्ड अमेरिकाका प्रसिद्ध उद्योगपति हुन् । उनी र महान् वैज्ञानिक एडिसन साथी थिए । यी दुबैजना प्रसिद्ध व्यक्तिहरु धूम्रपानका विरोधी थिए । यी दुबै मिलेर धूम्रपानका विरुद्ध अभियान नै चलाएका थिए ।
कतिसम्म भने, धुम्रपानले गर्ने नोक्सानीबारे एसिडनले मिचिगनका स्कूले बालबालिकाहरुलाई एउटा चिठ्ठी लेखेका थिए । त्यो चिठ्ठीलाई हेनरी फोर्डले दशौं हजार प्रति बाँडेका थिए । एडिसनले उनी आफैंलाई लेखेको एउटा धूम्रपानविरोधी चिठ्ठीलाई पनि उनले आफ्नो पुस्तक को प्रारम्भिक पानामा नै छापेका थिए ।
यहाँ सोही चिठ्ठी हामीले छापेका छौं ।
केबल ठेगाना, “एडिसन, न्यूयोर्क
थोमस ए. एडिसनको ल्याबोरेटोरीबाट
ओरेन्ज, न्यूजर्सी अप्रिल २६, १९१४
साथी फोर्ड,
सिगरेटमा हुने हानीकारक तत्व त्यस (सूर्ती)लाई मोडेको कागज बल्न थालेपछि पैदा हुन थाल्छ । त्यसरी बल्दा त्यहाँ “एक्रोलिन” (Acrolein) नामक तत्व बन्न जान्छ । यो तत्वले हाम्रो स्नायुप्रणालीमा धेरै नै खतरनाक असर गर्छ । यसले हाम्रो मस्तिष्कको कोषहरुलाई नष्ट गरिदिन थाल्छ । यो नष्ट हुने प्रक्रिया केटाहरुमा निक्कै चाँडो हुने गर्छ ।
अन्य लागू औषधहरुमा भन्दा धूम्रपानको कारण मस्तिष्कको कोष नष्ट हुने यो प्रक्रिया स्थायी हुन्छ र यसलाई नियन्त्रण गर्न सकिँदैन ।
मैले सिगरेट खाने (धूम्रपान गर्ने) कुनै पनि मानिसलाई जागिरमा राख्ने गरेको छैन ।
तपाईंको, थोमस ए. एडिसन
Photo Source: http://www.fordmodelt.net
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी