बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गर्मी समयमा छालालाई यसरी जोगाउनुस् (भिडियोसहित)

शनिबार, १८ जेठ २०७६, १३ : २२
शनिबार, १८ जेठ २०७६

गर्मी महिना लागेसँगै छालामा विभिन्न समस्याहरु आउने गर्छन् । एलर्जी, घमौरा, गर्मी समयमा छालामा आउने मुख्य समस्या हुन् । तर गर्मीमा छालालाई ख्याल गर्ने हो भने छाला सम्बन्धी समस्या समाधान हुन सक्छन् । गर्मीमा छालामा कस्ता खालका समस्याहरु आउँछन् ? कसरी जोगिने ? छालामा आउने समस्या समाधानको लागि अपनाउनुपर्ने उपाय के हुन्लगायतबारे वरिष्ठ छालारोग विशेषज्ञ डा. लैला लामाको टिप्स :-

गर्मी भन्ने बित्तिकै हामीले चर्काे घाम बुझ्छौ । चर्काे घामले छालालाई जलाउने समस्या हुन्छ । विशेष गरेर खेलकुदसँग आबद्ध व्यक्तिहरुले खेलकुद खेलेपछि छाला रातो भयो सुन्निने जस्ता समस्याहरु बोकेर आउनुहुन्छ । त्यो बाहेक गर्मी समयमा तेल निकाल्ने ग्रन्थीले धेरै तेल निकाल्छ जसले गर्दा छाला चिल्लो हुन्छ । छाला चिल्लो हुनु आफैँमा पनि एउटा समस्या हो । 

छाला धेरै चिल्लो हुँदा डण्डीफोर आउने व्यक्तिहरुमा, डण्डीफोरको मात्रा बढी हुने र कडापना पनि बढेर आउँछन् । यस्तै गर्मी समयमा छालामा हुने अर्काे समस्या भनेको घमौरा हो । यो सामान्यतया धेरै व्यक्तिमा हुने समस्या हो । घमौरा धेरैजसो पसिना निकाल्ने ग्रन्थीको मुख बन्द भएर बाहिर निकाल्न नसकेपछि घमौरा आउँछ । 

साधारण खटिरा आउनेदेखि पाक्ने घमौरा पनि हुन्छन् । यस्ता घमौरा गर्मी समयमा धेरै आउँछन् । तराईमा धेरै गर्मी भएको हुँदा छाला जल्ने छाला कालो हुने जस्ता समस्याहरु हुन्छन् । सकेसम्म घामबाट छालालाई बचाउँदा राम्रो हुन्छ । 

बालबालिकामा धेरै घमौरो किन आउँछ ? 
गर्मी समयमा बालबालिकामा घमौरो धेरै देखिन्छ । किन भने बालबालिकाको शरीरको पसिना निकाल्ने ग्रन्थीको राम्रोसँग विकास भएको हुँदैन । पसिना बाहिर निस्किन नसक्दा घमौरो आउँछ । बालबालिकको शरीरको पसिना आउने ग्रन्थी पूर्ण रुपमा विकास नभए घमौरो आउने जस्तै वृद्धावृद्धहरुको हकमा पनि   धेरै घमौरो आउने सम्भावना हुन्छ । 

वृद्धावृद्धहरुले कपडा धेरै लगाउने हुँदा पनि धेरै धमौरो आउने सम्भावना हुन्छ । गर्मी महिनामा अन्य उमेरका व्यक्तिहरुको छालामा पनि घमौरा आउने समस्या हुन्छ । दिनभरी काम गर्दा छालामा फोहोर जमेको हुन्छ । छालालाई सहि तरिकाले कियर गरेको छैन भने भिजेको छालामा फङ्गस जातको किटाण्ुा पलाउँछ जसले गर्दा फंङगल इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ ।   

अस्पतालमा आउँदा छालामा आएको समस्या १० वर्ष पहिला नै हो भन्छन् भने कोही जन्मजातनै समस्या भएको हो भन्दै पनि आउने गर्छन् । 

छालामा आउने समस्याले व्यक्तिलाई दुखेको छैन । ज्यानलाई पनि हानी गरेको छैन भन्दै निकै ढिला आउने गर्छन् । तर पछिल्लो वर्षहरुमा छालामा आएको समस्या पनि चिकित्सकलाई देखाउनुपर्छ भन्दै समयमा अस्पताल आउनेको संख्या पनि बढ्दै गईरहेको छ । अहिले छालामा देखिएको सानो धबादेखि खटिरा आउँदा पनि अस्पताल आउनेको संख्या बढ्दै गइरहेको छ । 

गर्मी महिनामा धेरै नुहाउँदा एउटा बेफाइदा के हुन्छ भने शरीर सफा भएपनि छाला सुख्खा हुन्छ । धेरै नुहाउँदा र साबुनको कारणले पनि छाला सुख्खा हुन्छ । यसरी धेरै नुहाउँदा शरीरमा सुख्खा दागहरु आउने छाला चिलाउने समस्या हुन सक्छ । 

गर्मीमा छाला स्वास्थ्य राख्ने विधि
१. पसिना धेरै नहुने र हावा छिर्ने खुकुलो कपडाको प्रयोग गर्ने । 

२. प्रशस्त मात्रामा पानी पिउने ।

३. जमेको पसिनालाई समयमा पखाल्ने छालालाई सफा राख्ने । पसिना धेरै आउने ठाउँमा धुने पुस्ने र सफा राख्ने । यस्तो गर्दा गर्मीमा हुने छालामा हुने समस्याबाट बच्न सकिन्छ । 

डा. लैला लामा वरिष्ठ छालारोग विशेषज्ञ (डा. लामा वीर अस्पतालमा कार्यरत छिन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप