बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धुर्कोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, १  सय ५० जनाले पाए काम

शनिबार, १८ जेठ २०७६, १२ : ३३
शनिबार, १८ जेठ २०७६

गुल्मी–गुल्मीको धुर्कोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । उसले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत सञ्चालन गरिएको कार्यक्रमको पहिलो चरणमा १  सय ५० जनालाई रोजगारी दिएको छ ।

  वडा नम्वर ३ हाडहाडे र  वडा नम्वर ७ वाग्लामा २५ जनाका दरले र अन्य ५ वटा वडामा २० जनाका दरले रोजगारी दिइएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

जसमध्ये सडक कामदार ( लेन्थ वर्कर ) ८८ जना, खानेपानी ममर्तका लागि १५ जना , सिंचाई मर्मत सम्भारमा १५ जना र विद्युत मर्मत सम्भारमा ७ जना नियुक्ती पाएको उपाध्यक्ष शिवबहादुर केसी ( खत्री ) ले बताए ।

   ३० दिन अर्थात प्रति ब्यक्ति एक महिनाका लागि दिइने उक्त रोजगारको तलव प्रति दिन ५ सय  १७ रुपैयाँ प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले बताए । कामदार सुरक्षा सामाग्री सहित काम कर्तब्यबारे अवगत गराउँदै गाउँपालिका प्रमुख पोखरेलले उनीहरुलाई नियुक्ति दिएको सुचना अधिककारी  ईश्वरी भण्डारीले जानकारी दिए ।

   करिव १ महिनाअघि  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले गृह जिल्ला गुल्मीको मुसिकोटबाट ९० जना सडक मर्मत कामदार आफैले नियुक्ति पत्र हस्तान्तरण गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभरम्भ गरेका थिए । गुल्मीमा हाल सम्म  १५ हजार भन्दा बढिले रोजगारीकालागि आवेदन दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप