गायिका कलाले माया गर्ने मान्छे भेटेपछि.... (भिडियो)
काठमाडौं–
भा’को थियो के गरौं कता जाऔं
जप्दै थिएँ देउता र तिम्रो नाउँ
माया भेटियौं धन्न, तिम्ले लाको गुन कहिले बिर्सन्नँ
गायिका कला लम्साल र गायक चन्द्र शर्माको स्वर रहेको लोक दोहोरी गीत ‘भेटियौ धन्न’ बोलको एक अंश हो यो । गीत बिन्ध्याबासिनी म्यूजिकमार्फत हालैमात्रै बजारमा आएको हो ।
गीतमा आफूलाई मायाँ गर्ने मान्छे भेटिएपछिको हर्स र खुसीलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
गीतको एक ठाउँमा भनिएको छ–
के दिउँ मैले तिमीलाई उपमा
सम्झेको छु ईश्वरकै रुपमा
यूट्यूवमार्फत रिलिज गरिएको भिडियोमा कलासँगै र शंकर बिसीले अभिनय गरेका छन् भने गीतको लय एक नारायण भण्डारीले संकलन गरेका हुन् ।
बिनोद बाजुरालीको एरेन्ज रहेको गीत मालाश्री रेकर्डिङमा रेकर्ड गरिएको हो । यस्तै शंकर बिसीकै निर्देशन रहेको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।
अहिले देशदेखि विदेशसम्मका कार्यक्रममा व्यस्त कलाले यो गीत दर्शक स्रोताले अत्याधिक मन पराइदिनेमा आफू विस्वस्त रहेको प्रतिक्रिया दिइन् ।
भिडियो हेर्नुहाेस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी