बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा महिलाको मृत्यु

शुक्रबार, १७ जेठ २०७६, २३ : १७
शुक्रबार, १७ जेठ २०७६

झापा-सुरुङ्गा नगरपालिका–५ कुशहा बजारमा आज  भएको दुुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको ना१ज ५५५६ नं को म्याजिक भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको को१क २१२० नं को मिनी ट्रकले ठक्कर दिँदा म्याजिक भ्यानमा सवार सुरुङ्गा नगरपालिका–७ का ६५ वर्षीया हलिना खातुनको मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय कडरबोनाका अनुसार उक्त दुर्घटनाका घाइतेलाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप