शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अजेय सुमार्गीको २२ बैंक खाता रोक्का

शुक्रबार, १७ जेठ २०७६, १५ : ४०
शुक्रबार, १७ जेठ २०७६

काठमाडौं– व्यवयसायी अजेय सुमार्गीको २२ वटा बैंक खाता रोक्का भएको छ । अबैधानिक रुपमा विदेशी लगानी भित्र्याएको आरोप लाग्दै आएका सुमार्गीको बैंक खाता राष्ट्र बैंकले रोक्का गरेको हो । 

राष्ट्र बैंकले सुमार्गी, सुमार्गीका परिवार र सुमार्गी संलग्न रहेका सबै मिडिया तथा संघ-संस्थाका बैंक खाताहरु रोक्का गरेको हो । 

अदालतको फैसला नआउँदै राष्ट्र बैंकले आफ्नो कारोबार बैंक खाता रोक्कागर्दै बैंकले आफुमाथि अन्याय गरेको सुमार्गीले आरोप लगाएका छन् ।

राष्ट्र बैंकको यस्तै रबैया रहे स्वदेशमा विदेशी लगानी भित्र्याउन समेत गा¥हो पर्ने सुमार्गीले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप