शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिंगापुरे नागरिक पोखराको ‘ह्वाइट पर्ल’ होटलमा मृत फेला

बिहीबार, १६ जेठ २०७६, १९ : ३४
बिहीबार, १६ जेठ २०७६

पोखरा – सिंगापुरका एक नागरिक पोखराको होटलमा मृत फेला परेका छन् । लेकसाइस्थित होटल ‘ह्वाइट पर्ल’मा उनी मृत भेटिएको पर्यटन प्रहरी कार्यालय, ड्यामसाइड कास्कीले जनाएको छ । 

मृत्यु हुनेमा सिंगापुरका ६७ वर्षीय कोस्चेङ टेक रहेको पर्यटन प्रहरी कार्यालय ड्यामसाइड, कास्कीकी प्रहरी निरीक्षक भगवति तिमिल्सिनाले जानकारी दिइन् । 

तिमिल्सिनाका अनुसार मृतक कोस्चेङ श्रीमती पिएनजी पेकसँग इभिनिङ वाकबाट फर्किर होटलमा बस्दासम्म राम्रै अवस्थामा थिए । 

‘होटलमा आएर सुत्दासम्म मृतक राम्रै अवस्थामा हुनुहुन्थ्यो, होटलमा बस्नुअघि इभिनिङ वाक पनि गएको उहाँको श्रीमतीले बताएकी छन्,’ उनले भनिन्, ‘बिहान धेरैबेर नउठेपछि बेहोस अवस्थामा रहेको र तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । अस्पताल पु¥याईसकेपछि मृत्यु भएको घोषण भयो ।’ 

मृतक टेकलाई पहिलेदेखि उच्च रक्तचापको समस्या रहेको र औषधी पनि लिइरहेको उनले खुलाइन् । 

पोष्टमार्टम रिपोर्ट अनुसार मृतकको छातीमा नीलो दाग पनि देखिएको प्रहरीले जनाएको छ । गएको जेठ ६ गते ७ जनाको टोलीसहित नेपाल भ्रमणमा आएका टेक बुधबार मात्रै पोखरा आएका थिए । 

मृतकलाई पोष्टमार्टमपछि शव वहानमा राखेर आजै काठमाडौं लगिनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप