बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ दयाहाङको ‘आप्पा’ ट्रेलर

बिहीबार, १६ जेठ २०७६, १५ : ५४
बिहीबार, १६ जेठ २०७६

काठमाडौं – अभिनेता भनेता दयाहाङ राईको अभिनय रहेको फिल्म ‘आप्पा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा बाबु छाराको सम्बन्ध देखाइएको छ । फिल्ममा दयाहाङ बुबा( आप्पा) बनेका छन् ।

१३ असारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म अनमोल गुरुङले निर्देशन गरेका हुन् । कथा पनि उनकै हो । अनमोलको यो निर्देशनमा डेब्यु फिल्म हो ।

फिल्ममा दयाहाङको अलवा सिद्धान्त राज तामाङ, काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतको अभिनय रहेको छ । 

माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन छ । फिल्मको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो । 

ट्रेलर रिलिज कार्यक्रममा अभिनेता दयाहाङ नै उपस्थित थिइनन् । उनी एक फिल्मको छाँयांकनमा रहेकोले उनी उपस्थित हुन नसकेको निर्देशक गुरुङले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप