प्रदेश सरकारले गणतन्त्रवादी नेता सिंहको शालिक बनाउने
जनकपुरधाम । शहीदहरुलाई स्मरण गर्दै प्रदेश सरकारले आयोजना गरेको तीन दिने गणतन्त्र दिवस २०७६ आज सम्पन्न भएको छ ।
दिवसको अन्तिम दिन आज मधेश भवनको कवर्डहलमा आयोजना गरिएको चियापान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रको स्थापनाका लागि बलिदानी दिने अमर शहीदलाई स्मरण गर्दै उनीहरुले देखाएको सपना पुरा गर्ने अभिभारा आफूहरुका काँधमा आएको बताए ।
लोकतन्त्रको उच्चतम अभ्यासको रुपमा रहेको गणतान्त्रिक व्यवस्थाको सफलताको लागि प्रदेश सरकार सुशासन र समृद्धिलाई मुल आधार बनाएर अघि बढि रहेको र अगामी दिनमा समेत निरन्तरता पाउने उनको कथन थियो ।
गणतन्त्र स्थापनाको लागि अटुट संघर्ष गरेका स्व. रामराजा प्रसाद सिंहलाई स्मरण गर्दै मुख्यमन्त्री राउतले स्वर्गीय रामराजा प्रसाद सिंहको सम्झनामा प्रदेश सरकारले यसै वर्ष शालिक निर्माण गर्ने उद्घोष समेत गरे।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, राज्यमन्त्रीहरु सरोज सिंह कुशवाहा, योगेन्द्र राय यादव, नीति आयोगका उपाध्यक्ष तथा सदस्यहरु, प्रदेश सभाका सांसदहरु, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, धनुषा जिल्ला समन्वय समितिका सभापति प्रदेश सरकारका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
सो अवसरमा नेपाली सेनाका टोलीले राष्ट्रिय झण्डा माथि सलामी अर्पण समेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता
-
आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
-
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमै एमाले र माओवादीबिच मतभेद
-
‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा