बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठ स्कूलको प्रधानाध्यापक छनौट प्रक्रियाको सूचना माग

बिहीबार, १६ जेठ २०७६, १५ : ०६
बिहीबार, १६ जेठ २०७६

काठमाडौं । बूढानीलकण्ठ स्कूलको प्रधानाध्यापक छनौट प्रक्रियाको जानकारी माग गर्दै सोही स्कूलका भूतपूर्व विद्यार्थीले राष्ट्रिय सुचना आयोगमा पूनरावेदन दर्ता गरेका छन् ।

शिक्षा मन्त्रालय र बूढानीलकण्ठ स्कूलमा प्रधानाध्यापक छनौट सम्बन्धी सुचना माग गरी निवेदन पेश गरेकोमा कानुनले तोकेको समय अवधिमा सुचना उपलब्ध नगराइएकोले निवेदकले आयोगबाट आदेशको माग गरेका छन् ।

भूतपूर्व विद्यार्थी सन्तोष साहले सुचना आयोगमा बिहिबार पूनरावेदन पत्र दर्ता गरेका हुन् । आयोगमा पूनरावेदन गर्न आवश्यक २१ दिनको सीमा निवेदनको प्रारम्भिक निवदेनले पार गरेको छ ।

‘बूढानीलकण्ठ स्कूलको २०७६ वैशाख १७ गते घोषणा भएको प्रधानाध्यापक छनोटमा सहभागी सम्पूर्ण निवेदकहरूको प्रारम्भिक चरणदेखि नतिजा घोषणासम्मको प्राप्ताङ्क, निवेदकहरूले दिएको प्रस्तुतीकरण, उनीहरूले हासिल गरेको स्थान (नतिजा) तथा छनोट विधी र प्रक्रियाको प्रतिलिपि र आवदेकहरूले हासिल गरेको प्राप्ताङ्क र नतिजाको आधार,’ निवदेक साहले माग गरेका छन् ।

उनले यस अघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वैशाख १९ गते सुचनाको हक प्रयोग गर्दै निवेदन दिएका थिए । मन्त्रालयले वैशाख २० गते पत्र जारी गर्दै उक्त सुचना बूढानीलकण्ठ स्कूलमा रहेको जानकारी गराएको थियो । मन्त्रालयको पत्रका स्कूललाई बोधार्थ दिइएको थियो ।

त्यसपश्चात साहले जेठ ७ गते बूढानीलकण्ठ स्कूल व्यवस्थापन समितिका अध्यक्ष समक्ष सुचनाको माग गर्दै पूनरावेदन गरेका थिए ।

बूढानीलकण्ठ स्कूलबाट त्यसको सात दिनभित्र सुचना उपलब्ध हुनु पर्नेमा दश दिनभित्र पनि सुचना उपलब्ध नगराइएकोले आयोग समक्ष निवेदन दिएको साहले प्रष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप