कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
बिहीबार, १६ जेठ २०७६, १२ : ३९
काठमाडौं-कुटपिट गरी हत्या गरेको अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका-२ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका-११ नेपालटार बस्ने २२ वर्षीय भुवन घर्तिमगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
तार्केश्वर नगरपालिका-११ आनन्दपुरस्थित खाजा घरमा मादक पदार्थ सेवन गरी विवाद हुँदा भुवन घर्तिमगरले वियरको बोतलले प्रहार गर्दा गम्भीर घाइते भएका सोही स्थान बस्ने २१ वर्षीय सागर विसीको मनमोहन अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै भुवन घर्तिमगरले वियरको बोतलले प्रहार गर्दा घाइते भएका सोही स्थान बस्ने २५ वर्षीय प्रदिप डाँगी र २२ वर्षीय कमल घर्तीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न