केन्द्रीय संस्करण

२४ जेठबाट तीन दिन ‘आदिवासी जनजाति चलचित्र महोत्सव’

person explore access_timeजेठ १६, २०७६ chat_bubble_outline0

काठमाडौं – ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ आयोजना हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघकोले यही जेठ २४, २५ र २६ राष्ट्रिय सभागृह काठमाडौंमा ३ दिवसिय ‘आदिवासी चलचित्र महोत्सव’ आयोजना गर्न लागेको हो । 

बुधबार साँझ आयोजित पत्रकार सम्बेलनमा आयोजक महासंघले नेपाल एक बहुभाषी, बहुजाती, बहुधार्मिक, बहुसाँस्कृतिक देश भएकाले आदिमकालदेखि बसोबास गरिरहेका आदिवासीहरुको संस्कार सँस्कृतिमा आधारित चलचित्रको प्रदर्शन गर्न महोत्सव आयोजना गर्न लागेको बताए । 

२०४४ सालमा नेवारी भाषाको चलचित्र शिलु निर्माण भए देखि अहिलेसम्म झण्डै ७०० सय भन्दा बढी कथानक आदिबासी चलचित्र र ५०० भन्दा बढी सर्ट फिल्म र डकुमेन्ट्री निर्माण भएका छन् ।  ति चलचित्रको प्रचार र निर्माणमा हौसला प्रदान गर्न महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवमा आदिवासी जानजाति चलचित्र, वृत्तचित्र र छोटा चलचित्र गरि २० वटा आदिबासी जनजाती प्रदर्शन गरिनुका साथै आदिबासी जनजाति चलचित्रको बस्तुगत अवस्थाको बारेमा जानकारी डेक्स, विभिन्न आदिबासी जनजाति समुदायको परम्परागत खानाको स्टलहरु, आदिबासी जनजाति समुदायका मौलिक भेषभुषा, हस्तकला, पुस्तक आदिको स्टलहरु रहने आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले जानकारी दिए ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...