शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो निश्चल र स्वस्तिमाको ‘घामड शेरे’

बिहीबार, १६ जेठ २०७६, ११ : ५६
बिहीबार, १६ जेठ २०७६

काठमाडौं – रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको फिल्म ‘घामड शेरे’को सुटिङ सकिएको छ । फिल्मका निर्देशक हेमराज विसी हुन् । 

३८ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक हेमराजले बताए । निश्चल र स्वस्तिमा ‘घामड शेरे’मा पनि श्रीमान् श्रीमतीकै भूमिकामा छन् । फिल्मको अधिकांश छायांकन सुर्खेतमा गरिएको हो । 

निश्चल र स्वस्तिमाका अलावा फिल्ममा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।

नरेन्द्र मैनालीको छायाँकन रहेको फिल्म ३ असोजबाट प्रदर्शनमा आउने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप