मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

तलबसँगै बढ्यो आयकरको ‘सिलिङ’, विवाहित व्यक्तिले मासिक ३४,६१५ सम्म आयकर तिर्नु नपर्ने

बुधबार, १५ जेठ २०७६, १८ : ५७
बुधबार, १५ जेठ २०७६

काठमाडौं– सरकारले सरकारी कर्मचारीको तलबमा बृद्धि गरेसँगै आयकरको सिलिङमा पनि परिवर्तन गरेको छ । सरकारले अधिकृतभन्दा तलको कर्मचारीमा २० प्रतिशत र अधिकृतभन्दा माथिको तलबमा १८ प्रतिशतले वृद्धि गर्यो । त्यससँगै यसअघि एकल व्यक्तिको हकमा वार्षिक ३ लाख ५० हजार रुपैयाँको आम्दानीसम्म सामाजिक सुरक्षा करबाहेक अन्य कर नलिने गरेकामा अब यसको सिलिङ बढेर ४ लाख पुगेको छ । 
त्यसैगरी अब विवाहित जागिरेको हकमा वार्षिक ४ लाख ५० हजार रुपैयाँसम्मको आयमा सामाजिक सुरक्षा करमात्रै तिरे पुग्ने भएको छ ।  अघिल्लो आर्थिक वर्षसम्म विवाहित व्यक्तिले वार्षिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका १०, २० र ३० प्रतिशत गरी अधिकतम ३६ प्रतिशतसम्म कर तिर्नुपर्ने थियो । 

सरकारले मासिक आम्दानीलाई १३ महिनाको तलब जोडेर वार्षिक आम्दानी निर्धारण गर्ने गरेको छ । यसलाई हेर्दा अब मासिक ३० हजार ७ सय ७० रुपैयाँसम्म कमाउने एकल व्यक्तिले आम्दानी कर तिर्नु पर्दैन ।
त्यसैगरी विवाहित व्यक्तिको हकमा अब मासिक ३४ हजार ६ सय १५ रुपैयाँसम्म कमाउने व्यक्तिले आम्दानीमा कर तिर्नु नपर्ने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप