शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरका सामाजिक सेवा इकाई प्रमुखले आर्थिक अनिमितता गरेको खुलासा

बुधबार, १५ जेठ २०७६, १४ : ०४
बुधबार, १५ जेठ २०७६

काठमाडौँ । वीर अस्पतालका सामाजिक सेवा इकाई शाखाका प्रमुख टीका पनेरुले  आर्थिक अनिमितता गरेको खुलासा भएको छ ।

विपन्न नागरिकको उपचारको लागि हाईड्रोशिल अप्रेशनको लागि सरकारले विनियोजन गरेको बजेटमा अनिमितता भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा वीर अस्पतालमा विपन्न नागरिकको नाममा हाइड्रोशिलको अप्रेशनको लागि विनियोजन गरेको बजेट मध्ये १४ जनाको दुई हजारको दरले अनिमितता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ ।

सिनियर अहेव समेत रहेका सामाजिक इकाई शाखाका प्रमुख पनेरुले १४ जनाको अप्रेशन, इन्सेन्टीभ वापत प्रति बिरामी रु. २ हजारका दरले लिएको बुझिएको हो । अहिलेसम्म विपन्न नागरिक इकाई शाखामा ३८ हजार ४ सय ८६ रुपैयाँ अनियमित देखिएको छ । आ. व २०७३÷०७४ को भए पनि महालेखाले वीरमा पत्र केही समय पहिला अस्पतालमा पठाएको छ । वीरमा डा. भूपेन्द्र बस्नेत निर्देशक हुँदा नै यो अनिमितता भएको देखिएको छ ।

यता, अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भने आफू वीरमा नयाँ निर्देशक भएको हुँदा खासै जानकारी नभएको बताए ।

यदि अनिमितता नै भएको हो भने छानबिन गर्ने रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप