शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल आइडलका सातै प्रतिस्पर्धीले हेरे ‘प्रेमगीत २’

सोमबार, २३ साउन २०७४, १४ : ४२
सोमबार, २३ साउन २०७४

काठमाडौं – नेपाल आइडलका अन्तिम सात प्रतिस्पर्धीले आइतबार बेलुका चलचित्र ‘प्रेम गीत २’ हेरेका छन् । कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा उनीहरुले चलचित्र हेरेका हुन् । 

‘निकै फ्रेस भयो र मनोरञ्जन पनि लियौं’ एकजना प्रतिस्पर्धी प्रताप दासले भने, ‘ चलचित्र राम्रो बनेको छ । सबैलाई एकपटक हेर्न सुझाव दिन्छु ।’ 

दास चलचित्रको क्लब गीत ‘मोटरसाइकलमा...’को गायक पनि हुन् । 

सांगीतिक पक्ष र अभिनय आफूलाई मन परेको अर्का एक प्रतिस्पर्धी बुद्ध लामाले बताए । यी पोखरेली ठिटालाई नेपालको सौन्दर्यले मन छोए छ । अभिनेता प्रदीप खड्का, सन्तोष सेन, कैलाश कट्वालसँग बसेर आइडल टीमले चलचित्र हेरेका हुन् । 

प्रेमकथामा बनेको चलचित्र ‘प्रेम गति २’ अहिले दोस्रोसातामा चलिरहेको छ । रामशरण पाठक निर्देशित चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य अभिनय रहेको छ । 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप