शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

बुधबार, १५ जेठ २०७६, ०८ : ५७
बुधबार, १५ जेठ २०७६

नेपालमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आज ११ वर्ष पुगेर १२ वर्ष लागेको उपलक्ष्यमा विविध कार्यक्रम गरी मनाइँदैछ । 

आजैकै दिन २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्याधिक मतले पारित गरेको थियो । 

नेपाल सरकारले गणतन्त्र दिवस स्वदेश तथा विदेशमा तीन दिनसम्म मनाउने निर्णय गरेअनुसार हरेक वर्ष आजकै दिन गणतन्त्र दिवस मनाइन्छ । 
 
बुधबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना  गरिएको छ । साथै, साथै, नारायणहिटी राजदरबार परिसरमा निर्माण भएको ‘गणतन्त्र स्मारक’ आजबाटै सञ्चालनमा आउँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप