भरतपुरमा गाइजात्रा : अघिल्लो दिन सपथ बहिष्कार, दोश्रो दिन भान्जीसँग मुलाकात
चितवन । भरतपुर महानगरमा एमालेले गठबन्धनबाट विजयी प्रमुख तथा उपप्रमुखलाई सजिलै काम गर्न नदिने संकेत गरेका छन् । निर्वाचित भएको पहिलो दिन सपथ ग्रहण बहिष्कार गरेर उनीहरुले यसको शूरुवात गरेका हुन् ।
भरतपुर महानगरपलिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनले प्रमुख तथा उपप्रमुखमा विजय हासिल गरेपछि रुष्ट बनेकोे नेकपा एमालेले आइतबार सपथ ग्रहण समारोह बहिष्कार गरेको थियो । तर सोमबार दिउसो महानगरपालिकामा एमाले विजयी हासिल गरेको १४ वटा वडाका जनप्रतिनिधीहरु महानगरको कार्यालय पुगेर प्रमुख रेणु दाहालबाट सपथ लिएका छन् । यद्यपि वडा अध्यक्षहरुले भने बिना औपचारिक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृतलाई भेटेर सपथ लिएका छन् ।
कानुनी ब्यवस्था अनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षले मुख्य निर्वाचन अधिकृतसँग सपथ लिने व्यवस्था छ भने वडा सदस्यहरुले नगरपालिका वा गाँउपालिका प्रमुखसँग सपथ लिने व्यवस्था रहेको छ ।
माओवादी केन्द्र र नेपाली कांग्रेसले लोकतन्त्रको धज्जी उढाउँदै चुनाव जितेको भन्दै महानगर प्रमुख र उपप्रमुखको रोहबरमा सपथ नलिने भन्दै बहिष्कार गरेको एमालेले बताएको थियो । तर कानुनी व्यवस्थाका बाध्यताको कारण आफूले गरेको निर्णयलाई लत्याउँदै एमालेका वडा सदस्यहरुले रेणु दाहालबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।
अघिल्लो दिन सपथ ग्रहण समारोहमा नेकपा एमालेका प्रतिनिधी नआएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले दुख ब्यक्त गरेका थिए । भरतपुर १० का वडा अध्यक्ष अरुण पि भण्डारीले मुख्य निर्वाचन अधिकृतलाई एमालेका जनप्रतिनिधीलाई छुट्टै सपथ ग्रहणका लागि भन्दा नमिलाएपछि बहिष्कार गरेको तर आज छुट्टै सपथ लिएको बताए ।
रेणुको कार्यकक्षमा एमालेका मामा
अघिल्लो दिन माओवादी कांग्रेसको सत्तोसराप गर्दैै महानगर प्रमुख दाहालबाट एमालेका जनप्रतिनिधीले सपथ नलिने बताएका भरतपुर वडा नं. १० का वडा अध्यक्ष अरुण पि. भण्डारीले आज निर्णय र बोली परिवर्तन गर्दैै रेणुको कार्यालयमा पुगी बधाई दिएका थिए ।
‘ल भान्जीलाई बधाई छ, कार्यकालको शुभकामना छ, हामी त आयौ स्वागतका लागि’ भन्दै खादा लगाइदिएर फोटो सेसन गरेका थिए । उनै भण्डारीले ल जाँउ सपथ ग्रहणका लागि साथीहरु हलमा तयार भएर बसेका छन् भन्दै उनलाई कार्यकक्षबाट हलमा लिएर गएका थिए ।
हलमा एमालेबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु खचाखच भएर बसेका थिए । उनीहरुले पालैपालो प्रमुख तथा उपप्रमुख रेणु दाहाल र पार्वती शाहलाई माला तथा खादा लगाएर स्वागत समेत गरे ।
दाहालबाट पद तथा गोपनियताको सपथ ग्रहण पनि एमालेका जनप्रतिनिधीहरु पदभार सम्हाल्न कार्यालय तिर लागेका छन् ।
जनताको हीतमा हुने कामका लागि टाउकोले टेकेर सहयोग
महानगरमा एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले प्रमुख तथा उपप्रमुखलाई गुण र दोषका आधारमा सहयोग गर्ने बताएका छन् । वठा नं. १० का वडा अध्यक्ष भण्डारीले भने–जनताको हीतमा हुने कामको लागि टाउकाले टेकेर सहयोग गछौँ, जनताको हीत विपरितका काममा टाउकाले टेकेर बिरोध गर्छौँ ।
उनले कसैले पनि महानगरमा राजनीति गर्न नहुने बताँउदै जनताका हीतमा हुने कामका लागि सहयोग गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धमा तटस्थ रहेको भन्दै ट्रम्पले दिए पुटिन र सीलाई धन्यवाद
-
अमेरिका–इरानबिच शुक्रबार प्रारम्भिक वार्ता गर्ने तयारी
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण