शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धको मावली गाउँमा बुद्धसँग सम्बन्धित काष्ठकला कार्यशाला

मङ्गलबार, १४ जेठ २०७६, १५ : ४७
मङ्गलबार, १४ जेठ २०७६

बुटवल – गौतमबुद्धको मावली गाउँ रुपन्देहीको देवदहस्थित उद्यानमा बुद्धसँग सम्बन्धित एक काष्ठकला कार्यशाला भइरहेको छ । 

देवदह खैरेनी बजारबाट उत्तरतर्फ ३ किलोमिटरभित्र पर्ने गौतमबुद्ध राष्ट्रिय उद्यानमा अहिले राष्ट्रिय र स्थानीय कलाकारहरुले काठ खोपिरहेको अवस्थामा भेटिन्छन् ।  जेठको चर्को गर्मीमा टेन्ट टाँगेर कलाकारहरुहरुले काठमा गौतम बुद्ध  र गौतम बुद्धसगँ सम्बन्धित कला उजागर गर्न गरिहेका छन् । 

कार्यशालामा काठमा बुद्ध र बुद्धसँग सम्बन्धित कला सिर्जना गरिरहेको नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य गोबिन्द चौधरीले बताए । 

कार्यशालामा चौधरीसहित  १७ जना काष्ठकलाकारहरले मुर्ति बनाइरहेका छन् । रूपन्देहीको देवदह नगरपालिका–६ स्थित ज्योतिनगरमा बन्दै गरेको गौतमबुद्ध राष्ट्रिय उद्यान हेर्नका लागि अहिले निकै संख्यामा विद्यार्थीहरु पुग्ने गरेका छन् । 

जेठ ८ गते बाट १६ गते सम्म  नेपाल  ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँ र बुद्ध सामुदायीक बन उपभोक्ता समूह देवदहको आयोजना यहाँ ‘देवदहका पार्कलाई कलाले सजाऔं, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔं’ भन्ने नाराका साथ  राष्ट्रिय काष्ठकला कार्यशाला चलिरहेको हो । 

ज्ञान, सिद्धान्त र दर्शन बचाउने कला नै बचाउने भन्दै  आयोजक काष्ठकला राष्ट्रिय कार्यशालका सदस्य सिद्धिचरण भट्टराईले  यहाँ अहिले  डेढ दर्जनभन्दा बढी कलाकारहरु काठमा बुद्ध र बुद्धसँग सम्बन्धित विषयहरुका आकार बनाउन व्यस्त रहेको बताए । 

  यी मुर्तिहरुले बुद्धको महत्व अझै बढाउने र पर्यटक विकास मद्धत पुर्याउने बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष  टेक बहादुर रानाले बनाए ।  

राष्ट्रिय काष्ठकला कार्यशाला अन्तर्गत उक्त स्थानमा कलाकारहरुले व्यग्र भएर काठमा बुद्धका आकार बनाउँदै छन् । 

सो स्थानमा ३२ वर्षदेखि काष्ठकलामा हात चलाउँदै आएका गुल्मी घर भई काठमाडौं बस्दै आएका भुवन थापाले श्रीबच्च, अष्ठभगत बनाउँदै छन् ।

 जसमा देवदहको नक्सा र पाकरी वृक्षको आकृति रहेको छ । बुद्धको मामाघर देबदहलाई धर्मशास्त्र अनुसार काष्ठकलामा उतार्ने उनले बताए। त्यसैगरी अर्का कलाकार प्रथमराज बज्रचार्य तपस्यारत बुद्धको मूर्ति बनाउँदै थिए । उनले २० वर्षदेखि यस काममा रहेको बताउँदै बुद्धको मूूर्ति बनाउँदा खुशी लागेको बताए । त्यसैगरी महिला कलाकार अनमारी तामाङले यशोधरा र राहुलको आकृति बनाउँदै थिइन् । आफू विगत ७ वर्षदेखि यस पेशामा संलग्न हुुँदै आएको रातोपाटीलाई बताइन् । 

त्यसैगरी अर्का युवा कलाकार विशाल सारु मगर पनि काठको मुुडामा वायुुको चित्र बनाउन तल्लीन छन् ।  

बुद्धलाई जोडेर देवदहको पर्यटन विकासमा एउटा कोशेढुंगाको काम गर्ने तवरले यहाँ आउने पर्यटकको कम्तीमा एकदिन देवदहमा बसाई होस् भन्ने उद्देश्यका साथ काम अगाडि बढाइएको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेक बहादुर रानाले बताए । 


  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप