शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बन्द हुनेछैन कपिलको कार्यक्रम तर हुनेछ यस्तो ठूलो परिवर्तन

सोमबार, २३ साउन २०७४, १३ : ३९
सोमबार, २३ साउन २०७४

सोनी टेलिभिजनमाथि प्रशारण भइरहेको कपिल शर्मा शो चाँडै नै बन्द हुने खबर विभिन्न भारतीय संचार माध्यमले गर्दै आएका थिए तर यो एक अफवाह साबित भएको छ ।

अब एक भारतीय मिडियाको दाबी अनुसार कपिल शर्माको कार्यक्रम बन्द नभई यसको अर्को सिजन सुरु हुनेछ । नयाँ कार्यक्रममा थुप्रै परिवर्तन गरिनेछ । यद्यपी, यो परिवर्तन पहिले कपिललको कार्यक्रम एउटा ब्रेकमा जानेछ त्यसपछि उनी पुनः कार्यक्रममा फिर्ता हुनेछन् ।

एक पत्रिकामा छापिएको रिपोर्ट अनुसार कार्यक्रमलाई पूर्ण रुपमा परिवर्तन गरिनेछ ।

अर्को सिजनमा उक्त कार्यक्रम बलिउडका हस्तीलाई बोलाउने कुरामा केन्द्रीत हुनेछैन । कार्यक्रममा सुनिल ग्रोवर फिर्ता हुन चाहन्छन् भने यसमा कसैलाई पनि कुनै समस्या नहुने पनि बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप