बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माछापोखरीबाट २ लाख रुपैयाँ चोरी गर्दागर्दै एकजना पक्राउ

सोमबार, १३ जेठ २०७६, २० : १९
सोमबार, १३ जेठ २०७६

प्रहरीले २ लाख रुपैयाँ चोरी गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भई हाल टोखा बस्ने वर्ष २५ को वसन्त परियार रहेका छन् । 

पाँचथर घर भएका नगेन्द्र माखिमले झोलामा बोकी हिँडेको २ लाख रुपैयाँ चोरी गर्दैगर्दा महानगरीय प्रहरी वृत्त बालाजुको विशेष टोलीले परियारलाई माछापोखरीबाट पक्राउ गरेको हो ।

परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको वृत्तका प्रमुख डीएसपी बालनर सिंह राणाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप