शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देशमा सवारी साधनको संख्या साढे ३५ लाख पुग्यो

सोमबार, १३ जेठ २०७६, १६ : ०९
सोमबार, १३ जेठ २०७६

काठमाडौं–देशमा सवारी साधनको संख्या बर्षेनी थप हुँदै गएको छ । आर्थिक वर्ष २०७५/०७६ को फागुनसम्म ३ लाख १८ हजार ४ सय ७७ नयाँ सवारी साधन थप भएको छ ।

यो सँगै देशमा सवारी साधनको संख्या ३५ लाख ३९ हजार ५ सय १९ पुगेको छ । यसमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । यसको हिस्सा ७८.६ प्रतिशत छ । 

आर्थिक वर्ष २०४६/०४७ देखि ०७४/०७५ सम्म सवारी साधनको संख्या ३२ लाख २१ हजार ४२ वटा थियो । 

चालु आर्थिक वर्षको फागुन सम्म ५ लाख ५७ हजार २ सय ९८ सवारी चालक अनुमति पत्र वितरण भएको छ । यो विद्युतीय स्मार्ट कार्ड हो ।  २०७५ लेखि यातायात व्यवस्था कार्यालयहरु पूर्ण रुपमा प्रदेश भौतिक विकास मन्त्रालय मातहत हस्तान्तरण गरी सवारी चालक अनुमतिपत्र लगायतका काम शुरु भएको छ, आर्थिक सर्वेक्षणमा उल्लेख छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप