शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजेट बराबरको ऋणमा नेपाल, एक नेपालीको थाप्लोमा ३५ हजार ऋण

सोमबार, १३ जेठ २०७६, १६ : ०२
सोमबार, १३ जेठ २०७६

काठमाडौं । नेपाल सार्वजनिक ऋणमा डुब्दै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा  झण्डै १० खर्ब बराबरको सार्वजनिक ऋणमा मुलक रहेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले देखाएको छ । 

सोमबार अर्थमन्त्री डा.युवराज खतिवडाले संसदमा पेस गरेको आर्थिक समिक्षा प्रतिवेदनले नेपाल ९ खर्ब ६० अर्ब ऋणमा रहको देखाएको हो । जसमध्य ३ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ मात्र आन्तरिक ऋण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

त्यस्तै मुलुक ५ खर्ब ९५ अर्ब को बाह्य ऋणमा रहेको अर्थमन्त्री खतिवडाले बताएका छन् । 

झण्डै एक आर्थिक वर्षको बजेट बराबरको ऋणमा रहेको देशमा सदर हिसाब गर्दा एक नेपालीको टाउकोमा ३५ हजार ऋण पर्ने देखिन्छ । तर आर्थिक सर्वेक्षण प्रतिवेदनले भने नेपालीको प्रतिव्यक्ति आम्दानीसँगै गरिबी समेत घटेको देखाएको छ । 

चालु आर्थिक वर्षमा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी १ लाख १७ हजार पुगेको र निरपेक्ष गरिबीको संख्या १८ प्रतिशतमा झरेको बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप