उद्योगको लगानीमा प्रदेश ३ ले सबैलाई जित्यो
सोमबार, १३ जेठ २०७६, १६ : ००
काठमाडौं–प्रदेश ३ मा उद्योगमा लगानीको आकर्षण देखिएको छ । प्रदेश ३ मा २०७५/०७६ फागुन सम्म १ लाख ५३ हजार ५ सय २२ उद्योग दर्ता भएका छन् ।
यसमा विदेशी लगानीका उद्योग पनि प्रदेश ३ मै छ । यस प्रदेशमा ३ हजार ८ सय २५ वटा वैदेशिक लगानीको उद्योग दर्ता भएकोमा १६८ वटा त ठुला उद्योग छन् । त्यसपछि गण्डकी प्रदेशमा वैदेशिक लगानीको उद्योग दर्ता भएका छन् । यसमा ४०४ उद्योग दर्ता छन् । तर सबैभन्दा कम वैदेशीक लगानीका उद्योग सुदुरपश्चिम प्रदेशमा छ । यहाँ जम्मा एक प्रतिशत मात्र वैदेशिक लगानीको उद्योग दर्ता छन् ।
यता उद्योगमा वैदेशिक लगानीको प्रतिबद्धता घट्दोक्रममा रहेको छ । २०७५/७६ को फागुनसम्म ११ अर्ब १८ करोड ६ लाख ३० हजारको लगानी प्रतिवद्धता आएको छ । जबकी अघिल्लो वर्ष ३४ अर्ब ९१ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)