बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

३५ हजार घुससहित नायव सुब्बा अख्तियारको फन्दामा

सोमबार, १३ जेठ २०७६, १५ : २१
सोमबार, १३ जेठ २०७६

काठमाडौं– व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, झापाका नायव सुब्बा राजकुमार धिमाल ३५ हजार घुससहित पक्राउ परेका छन् । 

 तालिम कार्यक्रम सञ्चालन गरेबापत भुक्तानी प्राप्त गर्नु पर्ने रकम दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले उनलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको जानकारी दिए । 

घुस लिने कार्यमा संलग्न सोही कार्यालयका शाखा अधिकृत सुमिन्द्र मण्डललाई समेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप