शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवको बन्दका कारण प्रदेशसभाको वैठक स्थगित

सोमबार, १३ जेठ २०७६, १५ : ०६
सोमबार, १३ जेठ २०७६

जनकपुर– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको आह्वानमा भएको बन्दका प्रभाव जनकपुरमा आंशिक रुपमा परेको छ ।  प्रदेश नम्बर २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाममा बन्दको आंशिक प्रभाव परेता पनि प्रदेशसभामा भने पूर्णतः असर परेको देखिएको छ ।

प्रदेशसभाको सचिवालयले विप्लव नेतृत्वको नेकपाको बन्दको कारण देखाउँदै आज (सोमवार) बस्ने भनिएको प्रदेशसभा बैठक नै स्थगित गरेको हो ।  दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सुरक्षा अवस्थालाई ध्यानमा राखेर बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जनाए ।

बैठकमा अधिकांश प्रदेशसभा सदस्यहरु आ–आफ्नो घरबाट आउने भएकाले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आजको बैठक स्थगित भएको उनले प्रस्ट पारे । सचिव यादवका अनुसार प्रदेशसभाको वैठक मंगलवार दिउँसो २ बजेको लागि बोलाइएको छ ।

त्यस्तै, महोत्तरी, सर्लाही, बारा र पर्सा लगायतका जिल्लामा बन्दको मिश्रित प्रभाव देखिएको छ । यता, पूर्व–पश्चिम राजमार्ग सुरक्षा अवस्था निकै कडा बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप