बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अस्पतालमा रक्त शुद्धीकरण गर्दागर्दै ६९ जनामा एक्कासि हेपटाइटिस सी देखिएपछि...

सोमबार, १३ जेठ २०७६, १४ : २८
सोमबार, १३ जेठ २०७६

नान्जिङ– चीनको जियाङ्सु प्रान्तको दोङताई अस्पतालमा डायलासीस गराइरहेका ६९ जना बिरामीमा हेपाटाइटिस सी सङ्क्रमण भएको छ । चिनियाँ स्वास्थ्य कार्यालयका विज्ञहरुले उक्त सङ्क्रमणका बारेमा अनुसन्धान थालेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका विज्ञहरु सम्मिलित अनुसन्धान टोलीको प्रारम्भिक अनुसन्धानमा दोङताई अस्पतालमा रक्त शुद्धीकरणका क्रममा सङ्क्रमण भएको देखिएको छ । यस अस्पतालमा हेमोडायलासिस सेवा उपलब्ध छ ।

प्रारम्भिक अनुसन्धानमा अस्पतालको कमजोर व्यवस्थापन पनि सङ्क्रमण हुनुमा जिम्मेवार रहेको पाइएको छ । अनुसन्धानका आधारमा अस्पतालका अध्यक्षलाई पनि पदबाट हटाइएको छ । सङ्क्रमणमा जिम्मेवार केही स्वास्थ्यकर्मीलाई पनि सजाय दिइएको छ । 

सङ्क्रमित बिरामीलाई विज्ञ टोलीबाट विशेष स्वास्थ्य थेरापी उपलब्ध गराइएको छ । हेपाटाइटिस सीबाट बिरामीको कलेजोमा असर पर्दछ । संक्रमण भएको केही समयसम्म बिरामीमा सामान्य सङ्केत देखिन सक्दछ, तर केही वर्षपछि उनीहरुमा कलेजोको रोग देखिन्छ र अन्तमा क्यान्सर समेत हुन सक्दछ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप