शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्मको बजेट बढाएर प्रचार गर्नु गलत हो : निर्देशक घिमिरे

सोमबार, १३ जेठ २०७६, १४ : ०३
सोमबार, १३ जेठ २०७६

काठमाडौं – निर्देशक मदन घिमिरेले नेपाली फिल्मको बजेट बढाएर गलत प्रचार भइरहेको बताएका छन् । ‘अहिले फिल्मको बजेट डेढ, करोड, दुई करोड भनेर प्रचार गरिने गरिएको छ । त्यो गलत हो’ उनले भने ‘प्रचार गरेर मात्र हुन्छ । फिल्म भित्र त्यो बजेट देखिनु पर्दैन ।’ 

निर्देशक घिमिरेले करोडौं बजेट भनेर प्रचार गर्दैमा फिल्मको व्यवसाय नसुध्रिने बताए । उनले बजेटभन्दा पनि राम्रो फिल्म निर्माणमा जोड दिन सबैलाई आग्रह गरे ।  ‘घर संसार’, ‘बुबा(आमा’, ‘जीवन दाता’, ‘दादागिरी’, ‘दोस्ती’ जस्ता करिब दर्जन सफल फिल्म बनाएका उनको निर्देशक रहेको नयाँ फिल्म ‘काउसो’ यही १७ जेठबाट प्रदर्शनमा आउँदैछ । 

निर्माण युनिटले फिल्मको प्रचार गर्न राजधानीमा एक आयोजना समेत आयोजना गरेको थियो । कार्यक्रममा निर्देशक घिमिरेले थोरै लगानीमा पनि राम्रो फिल्म बन्छ भन्ने उदाहरण ‘काउसो’ भएको बताए । ‘काउसो’को बजेट धेरै छैन । तर फिल्म धेरै राम्रो बनेको छ’ उनले थपे ।

फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नविन आचार्यलगायतका कलाकारहरुको अभिनय छ । अर्नभ फिल्मस प्रोडक्सन प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मको कथा निर्देशक घिमिरे स्वयंको हो । 

रातारात धनी बन्ने सपना बोकेर गाउँबाट राजधानी छिरेका युवाहरुले गलत काम गरेर कमाएको पैसा उपयोगमा आउन नसकेपछि उत्पन्न हुने समस्या फिल्मले आफ्नो बिषय बनाएको छ ।  निर्देशक घिमिरेले ‘काउसो’ आफुले पूर्ण कमेडी कथावस्तुमा निर्माण भएको बताए ।

कार्यक्रममा फिल्मका अभिनेता सविनले आफू फिल्मबाट निकै आशावादी रहेको बताए । ‘मलाई ‘भाग सानी भाग’ पछि निकै रमाइलो लागेको फिल्म ‘काउसो’ हो । ‘फिल्मले दर्शकलाई निराश बनाउँदैन । हाँस्दा हाँस्दै २ घण्टा वित्छ’ उनले थपे ।

फिल्मको निर्माता सिताराम तिमल्सिना ज्याक र भगवान खत्री हुन् । निर्देशक स्वयंको कथा रहेको फिल्मको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेका हुन् । फिल्मका कार्यकारी निर्मातामा अन्चिला केसी रहेकी छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप