शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध छ: मन्त्री ज्ञवाली

सोमबार, १३ जेठ २०७६, १३ : १८
सोमबार, १३ जेठ २०७६

काठमाडौं– परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेकोे बताएका छन् ।  मन्त्री ज्ञवालीले सर्वोच्च अदालतले दिएको आदेश र सरोकारवाला निकायको सुझावको आधारमा सरकारले द्वन्द्वपीडितहरुलाई न्याय दिने गरी आवश्यक ऐन, कानुन संशोधनको कामलाई अघि बढाउने तयारी गरिरहेको जानकारी पनि दिए ।

सोमबारबाट काठमाडौंमा सुरु भएको ‘एसियामा बलपूर्वक वेपत्ताः प्रचलित कानुन, चुनौति र समाधानका उपाय’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले द्वन्द्वकालीन न्याय निरुपणका लागि सरकारले वेपत्ता नागरिकको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको उल्लेख गर्दै त्यसको पदाधिकारी पुन नियुक्तिको काम पनि अघि बढाइएको स्पष्ट पारे ।

दुवै आयोगको पदाधिकारी छनौट भएपछि द्वन्द्व पीडितहरुले न्याय पाउने गरी सरकारले आफ्नो कामलाई अघि बढाउने मन्त्री ज्ञवालीको भनाई छ । मन्त्री ज्ञवालीले सरकार मानव अधिकारको उल्लंघन हुन नदिन सचेत रहेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप