बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिक्किममा पी.एस. गोलेलाई सरकार गठनको बाटो खुल्यो

सोमबार, १३ जेठ २०७६, १२ : ४८
सोमबार, १३ जेठ २०७६

सिक्किम क्रान्तीकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेम सिंह तामाङ (पी.एस गोले)ले सपथ लिदैंछन् । उनले सोमबार मुख्यमन्त्रीको सपथ लिने राज भवन स्रोतले जनाएको छ । 

५१ वर्षीय गोलेलाई राज्यका गभर्नर गंगा प्रसादले सपथ खुवाउनेछन् । सोमबार विहान १० बजे पालजोर स्टेडियमा आयोजना हुने विशेष समारोहमा सपथ कार्यक्रम सम्पन्न हुनेछ ।

शनिबार राति एसकेएम विधानसभा पार्टीकाबाट बिजयी भएका अन्य १७ जना मन्त्रीहरुले पनि गोलेसँगै सपथ ग्रहण गरेका थिए । 

सन् २०१६ मा भ्रष्टाचारको आरोपमा एक वर्ष जेल जीवन विताएको कारण गोले मुख्यमन्त्रीको लागि योग्य भए नभएको भन्दै गर्भनरले कानुनी सल्लाह गरेका थिए । 

राज भवन स्रोतका अनुसार कानुनी रायपश्चात गर्भनर प्रसादले गोलेलाई सपथ ग्रहणको लागि बोलाएका हुन् ।

२०१३ मा राजनीतिमा स्थापित एसकेएमले ३२ सदस्यीय सिक्किम विधानसभामा एसडीएफद्वारा जितेको १५ सीटको दाबेदारीमा १७ सीट जितेर बहुमत पाएका छन् । गोलेले आफ्नो पार्टीको प्रचारको लागि आफ्ना धेरै समय दिएर विधानसभाको चुनाव लडेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप