बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवलाई मूलधारको राजनीतिमा ल्याउन सरकार प्रतिवद्व छः गृहमन्त्री थापा

सोमबार, १३ जेठ २०७६, १२ : ३८
सोमबार, १३ जेठ २०७६

काठमाडौं–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विप्लव नेतृत्वको नेकपालाई वार्ताद्वारा मूलधारको राजनीतिमा ल्याउन सरकार प्रतिवद्व रहेको बताएका छन् । 

सोमबार राजधानीमा घटेको बम विस्फोटबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले वार्तामार्फत विप्लव नेतृत्वको नेकपालाई मूलधारको राजनीतिमा ल्याउन सरकारले प्रक्रिया अगाडि बढाइसकेको बताए ।

विप्लव नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिहरुलाई नियन्त्रण गर्न सरकार लागिपरेको गृहमन्त्री थापाले बताए । 

यस्तै उनले राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै संलग्नता र विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप