शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुकेधारा बम प्रकरण : घटनास्थल नजिकैबाट मोटरसाइकल बरामद

सोमबार, १३ जेठ २०७६, १२ : ३५
सोमबार, १३ जेठ २०७६

काठमाडौं–आइतबार अपरान्ह  सुकेधारास्थित ढलाने पुलमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । 

घटनास्थल नजिकै १० मिटर टाढाबाट एक थान मोटरसाइकल बरामद भएको सोमबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए । 

गृहमन्त्री थापाले भने, ‘घटनास्थलबाट १० मिटर टाढा बा४७प १४७७ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल बरामद भएको छ । बाइकको साँचो र विलबुक समेत भेटिएको छ ।’

गृहमन्त्रीका अनुसार जस्ताले छाएको एक तले घरमा महोत्तरी घर भएमा जिव कुमार ठाकुरको पसल भित्रको कोठामा बम विस्फोट भएको थियो ।

घाइतेहरुमा  हरि खड्का, सुरेन्द्र महर्जन,  छोटु ठाकुर र एक जना नाम नखुलेका व्यक्ति रहेका छन् । 

यता, मैतिदेवि लोकमञ्जरी कार्कीकाे तीन तले घरमा भएको विस्फोटमा बझाङका  प्रज्वल शाहीको मृत्यु भएको छ भने घटनामा घाइते भएका रुकुम जिल्लाका २६ वर्षीय रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप