शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समूहले निर्माण गर्‍यो जनसेनाका चार कम्पनी, मूल निशाना उपत्यका : गृहमन्त्री

सोमबार, १३ जेठ २०७६, १२ : १२
सोमबार, १३ जेठ २०७६

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जनसेनाको रुपमा चारवटा कम्पनी निर्माण गरिसकेको जानकारी दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले जनसरकारको रुपमा जनपरिषद भन्ने संस्थाको र जनसेनाको रुपमा चारवटा कम्पनी निर्माण गरेको बताएका हुन् ।

गृहमन्त्री थापाका अनुसार विप्लव समूहको मुख्य निशानामा यतिबेला राजधानीको उपत्यका रहेको छ ।

गृहमन्त्री थापाले भने, ‘केही समयदेखि यता विप्लव नेतृत्वको नेकपा संविधान, राज्यव्यवस्था विरुद्ध र शान्ति विरोधी गतिवधि गर्दै आएका छन् । उनले यो गतिविधिको लागि नेकपाको नामको पार्टी गठन गरेका छन् ।’

नेकपाले सशस्त्र र गैरकानूनी गतिविधि सञ्चालन गर्दै आएका बताउँदै थापाले निर्वाचनको बेलादेखि शुरु भएको गतिविधिको निरन्तरता अहिलेसम्म देखिएको बताए । उनले हिजो र आज देशभर आगजानी र विस्फोटका घटनाहरु भएको पनि बताए ।

आइतबार भएको विस्फोटमा हालसम्म चार जनाको मृत्यु भएको झण्डै आधा दर्जन घाइते भएको पनि गृहमन्त्री थापाले जानकारी दिए ।

मृत्यु हुने सबै विप्लवको संगठनसँग सम्बन्धित व्यक्ति रहेको र घाइते पनि अधिकांश सोही समूह रहेको बताए ।

गृहमन्त्रीका अनुसार आइतबार बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक जस्ताले छाएको एक तले घरमा रहेको महोत्तरी घर भएका जिव कुमार ठाकुरको पसलभित्रको कोठामा बम विस्फोट भएको थियो । घटनामा एक पुरुषको घटनास्थालमा नै र घाइते ६ मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

घाइतेहरुमा कपन घर बताउने हरि खड्का, सुरेन्द्र महर्जन र एक जना नाम नखुलेका व्यक्ति रहेका छन् । घटनामा सैलुन पसलमा काम गर्ने छोटु ठाकुरको वीर अस्पतालमा उपचार भइरहेको छ ।

यता, मैतिदेवि लोकमञ्जरी कार्की तीन तले घरमा भएको विस्फोटमा बझाङका २७ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको छ भने घटनामा घाइते भएका रुकुम जिल्लाका २६ वर्षीय रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यस्तै, आइतबार साँझ नै चन्द्रागिरी–३ मा भएको विस्फोटमा थानकोट वृत्तले मोटरसाइकलमा प्रेसर कुकरको टुक्रासहित घाइते दुई जनालाई फेला पारेको पनि गृहमन्त्री थापाले जानकारी दिए ।

घाइते हुनेमा ललितपुरका ३० बुद्ध लामा र विक्रम लामा रहेका छन् । बुद्धको वीर अस्पताल र विक्रम लामाको शहीद स्मारक अस्पतालमा कलंकीमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप