मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बम विस्फोट : विप्लव समूहको संलग्नता पुष्टि, ४ घाइतेको पहिचान खुल्यो

सोमबार, १३ जेठ २०७६, १२ : ०२
सोमबार, १३ जेठ २०७६

काठमाडौं–प्रहरीले आइतबार अपरान्ह सुकेधारा र घट्टेकुलोमा ४ जनाको ज्यान जाने गरी भएको बम विस्फोटको घटनामा विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पुष्टि गरेको छ । बम विस्फोटमा परी ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । 

चारैजना मृतकहरुको सनाखत हुन सकेको छैन भने ५ जना घाइतेहरुको पहिचान भएको प्रहरीले जनाएको छ ।  

घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रविन केसी घाइते भएका छन् । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यस्तै सुकेधाराको ढलाने पुल नजीक भएको बम विस्फोटमा परी काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुरको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

उनीहरु सबैको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । 

विस्फोटमा महावीर पुन र दिपेन पनि परेको खुल्न आएको छ । जसमध्ये एकजनाको मृत्यु भएको छ । मृत्यु भएको शव कसको भन्ने नखुलेको प्रहरीले जनाएको छ । 

दुवै घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप