बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन युभेन्टसलाई साम्पडोरियाको झट्का

सोमबार, १३ जेठ २०७६, १० : ३३
सोमबार, १३ जेठ २०७६

इटालियन सिरी ‘ए’ लिग च्याम्पियन युभेन्टस अन्तिम खेलमा पराजित भएको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा युभेन्टस साम्पडोरियासँग २–० गोलले पराजित भएको हो । स्टार स्ट्र«ाइकर क्रिपिटयानो रोनाल्डोलाई विश्राम दिइएको खेलमा युभेन्टसले दबाब झेलेको थियो ।

साम्पडोरियाले दुवै गोल खेलको अन्तिममा गरेको थियो । साम्पडोरियाका ग्रिगोरी डिफ्रेलले ८४औं र जियानलुका क्यापरारीले इन्जुरी समयमा गोल गरेका थिए । च्याम्पियन युभेन्टसले अन्तिम खेलको हारसँगै ३८ खेलबाट ९० अंक बनायो । ५३ अंक बनाएको साम्पडोरिया नवौं स्थानमा रह्यो ।

यसैगरी आइतबार रातिनै भएको अर्को खेलमा महत्वपूर्ण जित हात पार्दै एटलान्टा च्याम्पियन्स लिगमा छनोट भएको छ । ससैलोलाई ३–१ गेलले पराजित गर्दै एटलान्टा च्याम्पियन्स लिगमा छनोट भएको हो ।

दोस्रो स्थानमा रहेको नापोली ७९ अंक जोड्दै च्याम्पियन्स लिगमा यसअघिनै छनोट भईसकेको थियो । तेस्रो स्थानमा रहेको एटलान्टाले ३८ खेलबाट ६९ अंक बनायो । समान अंक बनाएको इन्टर मिलानले गोल अन्तरका आधारमा चौथो स्थानमा रहँदै च्याम्पियन्स लिग यात्रा तय गर्यो । तालिकाको अन्तिममा रहेका तीन टोली इम्पोली, फ्रोसिनोन र चिएभो रेलिगेसनमा परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप