बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साथीको अरथी बोकेर घाट पुगिन् स्मृति इरानी

सोमबार, १३ जेठ २०७६, १० : ३१
सोमबार, १३ जेठ २०७६

हिन्दु रितिरिवाजलाई हेर्ने हो भने महिला न त घाट जान पाउँछन् न नै अरथीलाई काँध नै दिन सक्छन् । घरकी एक्ली छोरी नै किन नहोस्, महिलालाई सकेसम्म यस्तो गर्न दिइँदैन । तर भारतीय जनता पार्टीकी नेता स्मृति इरानीले यो परम्परा तोड्दै सुरेन्द्र कुमारको शवलाई काँधमात्र दिइनन् उनको खुट्टा छोएर अन्तिम विदाई पनि दिइन् ।

सुरेन्द्र सिंहलाई स्मृति इरानीको निकट मानिन्छ । सन् २०१९ मा लोकसभा चुनावमा उनको मुख्य भूमिका रह्यो । उनले स्मृतिको चुनाव प्रचारमा पनि निकै योगदान गरेका थिए । जसले फाइदासमेत पुर्यायो ।

कहिले र कसरी भयो मृत्युः

अमेठीबाटै स्मृतिले भारी मतसहित जीत हासिल गरिन् र यहाँको बरौलिया गाउँमा सुरेन्द्र सिंह पूर्व प्रधान थिए । आइतबार अर्थात् २६ मे बिहान करिब ३ बजे घरमा  सुतिरहेका बेला उनको गोली हानी हत्या गरियो । उनलाई ट्रमा सेन्टर लैजादैं गर्दै बाटोमा नै मृत्यु भयो ।

सुरेन्द्रका छोरा अभयले हमलाकर्ता नदेखेपनि कांग्रेसमाथि शंका भएको बताए । उनले भने, ‘मेरा पिता भाजपा नेता स्मृति इरानीका निकट थिए । उनले चुनाव प्रचारमा पनि अत्यधिक मेहनत गरेका थिए । गाउँमा पनि उनको निकै प्रभाव थियो ।’

उनका छोराका अनुसार जितपछि अमेठीमा एक विजय यात्रा निकालिएको थियो । सायद यो कुरा कांग्रेस पार्टीका केही समर्थकलाई मन परेन त्यसकारण बुवाको हत्या गरिदिए । उनले भने, ‘हामीलाई केही मानिसमाथि शंका छ ।’

उत्तर प्रदेशको डिजीपी ओपी सिंहले सात संदिग्धलाई हिरासतमा लिइएको जानकारी दिए ।

भाजपा सांसद स्मृति इरानीका निकट सुरेन्द्र सिंहको गोली हानी हत्या

स्मृति इरानीले भनिन्, ‘हामी चाहन्छौं कि परिवारले न्याय पाओस् । गोली चलाउने र आदेश दिनेलाई मृत्युदण्ड दिनुपर्छ । आवश्यक परे न्यायका लागि सर्वोच्च अदालतको ढोका पनि ढक्ढकाउनेछौं । यो घटना अमेठीलाई आतंकित गर्नका लागि गरिएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप