केन्द्रीय संस्करण

कोरियामा एक नेपाली सम्मानित

person explore access_timeजेठ १३, २०७६ chat_bubble_outline0

सोल–कोरियामा एक नेपाली सम्मानित भएका छन् । कोरियाको छनान नगरपालिकाले काभ्रेका यम श्रेष्ठलाई सम्मानित गरेको हो । 

इपिएस प्रणालीमार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया प्रवेश गरेका श्रेष्ठ कोरियामा हुने बिभिन्न सामाजिक संघ संस्थामा आवद्द रहनुका साथै  साँस्कृतिक परोपकारी सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। 

वल्र्ड पिपुल्स डेको अवसरमा मे २६ तारिख छनान शहरमा छनान नगरपालिका र छनान माइग्रेन्त सेन्टरको संयुक्त आयोजनामा  आयोजित प्रवासी बहुसाँस्कृतिक मेलामा छनान नगरपालिकाका नगर प्रमुख  खु बुन यङले उनलाई सम्मानित गरेका हुन् । 


 उनलाई छनान माईग्रेन्ट सेन्टरको सिफारिसमा उक्त नगरले सम्मानित गरेको बताइएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...