बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंकाले भारत छोड्दा सलमानले भने, ‘विवाहका लागि ठूला फिल्म लत्याउनु हिम्मतको कुरा’

सोमबार, १३ जेठ २०७६, ०९ : १४
सोमबार, १३ जेठ २०७६

सलमान खानको नयाँ फिल्म ‘भारत’ जून ५ मा ईदको मौकामा रिलिज हुँदैछ । यो फिल्मको मुख्य भूमिका कुमुदको भूमिका कट्रिना कैफले निभाएका छन् । यो भूमिकाका लागि सलमानको पहिलो रोजाई प्रियंका चोपडा थिइन् । यसबारे सलमान आफैंले जानकारी दिएका छन् । प्रियंकालाई उनले कुमुदको भूमिकाका लागि आफैंले अप्रोच गरेको उनले बताएका छन् ।

एक पत्रकार सम्मेलनमा सलमानले भने, ‘प्रियंका यो फिल्मका लागि निकै उत्सुक देखिएकी थिइन् । उनी २० दिनका लागि भारतमा थिइन् । उनले अलीलाई फिल्मका लागि फोन पनि गरेकी थिइन् । तर अचानक निक आए र उनले विवाहको योजना बनाए ।’

सलमान भन्छन्, ‘प्रियंकाले मलाई भनेकी थिइन् कि निकले उनलाई विवाहको प्रस्ताव गरेका छन् । मिति निश्चित नभइसकेको उनले बताएकी थिइन् । त्यतिबेला मैले विवाह गर्न सल्लाह दिँदै आफूले दुई तीन दिन मिलाउन सक्ने बताए । तर उनले पछि फिल्मबाट अलग्गिने निर्णय गरिन् । प्रियंका निकै मेहनती नायिका हुन् । विवाहका लागि आफ्नो करियरको ठूलो फिल्म छोड्न ठूलै हिम्मत चाहिन्छ र त्यो उनमा छ । ’

उनले भने, ‘प्रियंकालाई जे ठिक लाग्यो त्यो उनले गरिन् र कट्रिनाले जे पाइन् त्यो उनले डिजर्भ गर्छिन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप