शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निकले रोमान्टिक पोष्टमा लेखे, ‘तिम्रो श्रीमान् हुनु सम्मानको कुरा’ प्रियंकाले दिएको जवाफ हेर्नुहोस्

सोमबार, १३ जेठ २०७६, ०८ : २५
सोमबार, १३ जेठ २०७६

बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक एवं नायक निक जोनससँग सम्बन्धमा रहेको एक वर्ष पुगेको छ । शनिबार यो जोडीले आफ्नो विशेष दिनलाई आफ्नै शैलीले मनाए । यद्यपी, दुईजना सँगै थिएनन् । तर सोसल मिडियामार्फत् उनीहरुले एक–अर्काप्रति भावना व्यक्त गरे । निक अमेरिकामा थिए भने प्रियंका युनिसेफको ब्रान्ड एम्बेसेडरको रुपमा इथियोपियामा कुपोषणले ग्रस्त बालबालिकालाई भेट्न गएकी थिइन् ।

निकले लेखे, ‘तिम्रो श्रीमान् हुनु सम्मानको कुरा’

निकले हालै आयोजित कान्स फिल्म फेस्टिबलमा खिचेको एक रोमान्टिक तस्बिर सेयर गर्दै लेखे, ‘एक वर्ष अघि आजकै दिन म साथीहरुसँग हलिउड बाउलमा ब्यूटी एन्ड द बिस्ट हेर्न गएको थिएँ । ती साथीमध्ये एक महिला थिइन् जो मेरी सबैभन्दा मिल्ने साथी, विश्वासपात्र र मेरी सुन्दर श्रीमती बनिन् । म अहिलेसम्मको हाम्रो यात्राका लागि निकै आभारी छु । तिमी मेरो मुस्कानको कारण हौ र मलाई उत्कृष्ट बन्न प्रेरित गर्छौ । तिम्रो श्रीमान् हुनु मेरो लागि सम्मानको कुरा हो । आइ लभ यु प्रियंका चोपडा ।’

प्रियंकाको जवाफः मेरी जीवनमा तिमी सबैभन्दा अद्भुत

निकको पोष्ट पढेपछि प्रियंकाले पनि उत्तर दिएकी छिन् । उनले लेखिन्, ‘मेरो जीवनमा अहिलेसम्म जे भयो, तीमध्ये सबैभन्दा अद्भुत तिम्रो आगमन हो । आई लभ यु बेब ।’

प्रियंका मात्र होइन, उनका प्रशंसकले पनि निकको श्रीमतीलाई सम्मान गर्दै गरेको पोष्टको निकै तारिफ गरे । एकले लेखे, ‘यदि मेरा भावी श्रीमानले मसँग यस्तो कुरा गरेन् भने म उनीसँग सम्बन्धविच्छेद गर्नेछु । ’

एक अन्य प्रयोगकर्ताले कमेन्टमा यस्तो लेखे, ‘यदि प्यारो हुन बन्द गर । हाम्रो मनले थेग्न सक्दैन ।’

प्रियंकाले निकलाई बताए सबैभन्दा राम्रा श्रीमान्ः

प्रियंका चोपडाले पनि आफ्नो पहिलो डेटिङ एनिभर्सरीमा निकप्रति भावना व्यक्त गरिन् । उनले हलिउड गायक मोरिया क्यारीसँग एउटा फोटो सेयर गर्दै लेखे, ‘सबैभन्दा राम्रा श्रीमान् । यो एउटा सपना साँचो भए सरह हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप