बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्मी दुनियाँका यी ठूला स्टारः वास्तविक जीवनमा हुन् दिदि–भाइ

सोमबार, २३ साउन २०७४, १२ : २५
सोमबार, २३ साउन २०७४

बलिउडमा हरेक सम्बन्धलाई विशेष स्थान दिइएको हुन्छ । यस्तोमा दिदि भाइको सम्बन्धले विशेष स्थान ओगटेको हुन्छ । सँगै खेल्ने, एकैसाथ हुर्किने, झगडा गर्ने, हाँस्ने, जिस्क्याउने.... के मात्र हुँदैन यो सम्बन्धमा । आज हामी तपाईंलाई बलिउडका केही यस्ता जोडीबारे जानकारी दिँदै छौं जसले बाल्यकालदेखि अहिलेसम्म निकै राम्रोसँग निभाइरहेका छन् यो सम्बन्ध ।

अनिलकी छोरी सोनम कपूर र बोनी कपूरका छोरा अर्जुन कपूर बलिउडका सबैभन्दा चर्चित दिदि–भाइमध्येका एक हुन् । दुबै एकअर्कालाई निकै प्रेम गर्छन् । सोनमले अनुपम खेरको एक कार्यक्रममा अर्जुनले सधैं उनलाई पुरुषबाट बचाउने गरेको र समय समयमा आफूपनि अर्जुनको ढाल बनेको कुरा साटेकी थिइन् ।

बलिउडका सबैभन्दा धेरै केयर गर्ने दाजु बहिनीको सूचीमा सोहा अली खान र सैफ अली खानको नाम शीर्ष स्थानमा छ । सैफ आफ्नो बहिनीको विषयमा निकै पोजेसिभ छन् । आफ्नी बहिनीलाई समर्थन गर्ने सैफका लागि सोहा निकै भाग्यमानी छिन् ।

हुमा कुरैशी र साकिब सलिम बलिउडका उदाउँदा कलाकार हुन् । दुबै आफ्नो करियरको विषयमा निकै सजग छन् र निकै छानेर फिल्म गरिरहेका छन् । हुमाले ‘ग्याँङ्ग अफ वासेपुर’ बाट आफ्नो परिचय स्थापित गरिन् भने साकिबलाई हामीले ‘बम्बे टकिज’ र ‘हवा हवाई’ जस्ता फिल्ममा देखिसकेका छौं ।

कपूर खानदानकी छोरी र छोरा रणबीर कपूर काकाका दिदी–भाइ हुन् । रियालिटी कार्यक्रममा सँगै देखिने उनीहरु एकअर्काका निक्कै नजिक छन् । ‘कफी विद करण’ मा दुबैजना सँगै आएका थिए जहाँ करिनाले भाइ रणबीर कपूरलाई निकै जिस्काएकी थिइन् ।

तुषार कपूर र एकता कपूरलाई थुप्रै पटक सँगै देखिएको छ । कहिले दिदिले भाइलाई हौसला दिइरहेको देख्न सकिन्छ भने कहिले अवार्ड कार्यक्रममा उनीहरु सँगै बसिरहेको देख्न सकिन्छ । एकता कपूरले निर्माताको रुपमा ठूलो सफलता हात पारेकी छिन् भने तुषार बलिउडका चर्चित अभिनेता हुन् ।

फराह खान र साजिद खान पनि निकै सफल दाजु बहिनी हुन् । साजिद पनि बलिउडका सफल निर्देशकको सूचीमा आउँछन् । दुबैले एक अर्कालाई प्रत्येक कुरामा साथ दिन्छन् । शिरिष कुन्द्रासँग जब फराह खानले विवाह गरेकी थिइन् तब सबैभन्दा धेरै समर्थन उनका भाइले गरेका थिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप