शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंको नरेफाँटबाट विप्लवका ७ जना कार्यकर्ता पक्राउ

आइतबार, १२ जेठ २०७६, २२ : ३७
आइतबार, १२ जेठ २०७६

काठमाडौं-मसाल जुलुसको तयारी गरिरहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ७ जना कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ३२ नरेफाँटबाट मसाल जुलुको तयारी गरिरहेका उनीहरु ४ थान प्रेसर कुकर र १ सय थानभन्दा बढी पर्चासहित पक्राउ परेका हुन् ।

उनीहरु सोमबार घोषणा गरिएको नेपाल बन्द पूर्वसन्ध्यामा मसाल जुलुसको तयारी गरिरहेका थिए । पक्राउ पर्नेमा झापाका बर्ष ३७ का आशिष तामाङ भन्ने डम्बर तामाङ, सल्यान बागचौर ४ का चित्र बहादुर ओली, भक्तपुर मध्यपुर ठिमीका ३६ वर्षीय राकेश श्रेष्ठ,  ३१ वर्षीय बुद्धिबहादुर सुनार रोल्पाका ३६ वर्षीय बुद्धिलाल पुन, झापाका ५१ वर्षीय तेजराज काफ्ले र  ५२ वर्षीय तेजबहादुर मोक्तान रहेका छन् ।

उनीहरुबाट ४ थान प्रेशर कुकर थान, ८ थान मोवाईल,बोराले बेरेको बाँसको भाटा ३० देखि ४० थान र १५०० थान भन्दा बढी पर्चा बरामद गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप