बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बम विष्फोटका घटना विप्लव नेतृत्वको नेकपाले गराएको प्रहरीद्वारा पुष्टि

आइतबार, १२ जेठ २०७६, २२ : १७
आइतबार, १२ जेठ २०७६

काठमाडौं-नेपाल प्रहरीले आइतबार उपत्यकामा भएका बम विष्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको दाबी गरेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एवम् डिआइजी विश्वराज पोख्रेलले आइतबार उपत्यकामा भएका बम विष्फोटका घटनामा सोही पार्टीका कार्यकताहरु संलग्न रहेको बताएका हुन् ।

उनले विष्फोटमा परेर मृत्यु हुने र घाइतेहरु समेत नेकपाकै कार्यकर्ता रहेको जानकारी दिए । प्रवक्ता पोख्रेलले यस्ता घटनाबाट कोही पनि विचलित हुन नहुने बताउँदै नपाल प्रहरी स्थितिलाई नियन्त्रणमा लिन सक्षम रहेको समेत प्रस्ट पारे । उनले नेपाल प्रहरी मातहतका सबै इकाइलाई हाइ अलर्टमा बस्न निर्देशन दिइएको समेत बताए ।

आइतबार काठमाडौंको सुकेधारा र अनामनगरमा भएको बम विष्फोटमा परेर ४ जनाको मृत्यु भएको थियो भने आधा दर्जनको हाराहारीमा घाइते भएका थिए  । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा बम भेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप