धमाधम बम विस्फोट भएपछि गृहमन्त्रालयमा आकस्मिक बैठक
आइतबार, १२ जेठ २०७६, २१ : २६
काठमाडौं– राजधानीका विभिन्न स्थानमा एक पछि अर्को स्थानमा बम विस्फोट भएपछि गृहमन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले देशभरको सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
बैठकमा बादलले देशभरको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको भन्दै घटनाप्रति दुख व्यक्त गरेको जानकारी दिए । यस्तै उनले घटनामा संलग्नलाई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याइने पनि बताए ।
आइतबार राजधानीको सुकेधारा र अनामनगरमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ भने लगनखेल, नागढुंगालगायतका स्थानमा पनि बम विस्फोट भएको छ ।
घटनाको जिम्मेवारी हालसम्म कसैले नलिगेको भएपनि प्रहरी विप्लव समूहको हात रहेको आशंका गरेको छ ।