शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुङ्गामा आफैले बोकेको बम विस्फोट हुँदा विप्लवका कार्यकर्ता घाइते

आइतबार, १२ जेठ २०७६, २१ : ००
आइतबार, १२ जेठ २०७६

काठमाडौँ । काठमाडौँको चन्द्रगिरी नगरपालिकास्थित नागढुंगामा आफैले बोकेको बम विस्फोट हुँदा विप्लवका कार्यकर्ता घाइते भएका छन् ।

मोटरसाइकलमा बम बोकेर लैजाने क्रममा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बा २८ प ८१४५ नम्बर मोटरसाइकलमा आकाश लामा र बुद्ध लामाले बम बोकेर हिँडिरहेको बेला बम विस्फोट भएको थियो ।

घटनामा आकाश लामा गम्भीर घाइते भएका छन् । लामा विप्लवका कार्यकर्ता भएको खुलेको छ ।

बुद्ध लामा भने फरार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप