शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलमान र कट्रिनाले गरे नेपाली प्रितमको प्रशंसा

आइतबार, १२ जेठ २०७६, १९ : २६
आइतबार, १२ जेठ २०७६

काठमाडौँ– भारतीय टेलिभिजनको चर्चित रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’ सुपर ६ का लागि प्रतिस्पर्धा गरिरहेका नेपाली बालक प्रितम आचार्यको बलिउड अभिनेता सलमान खानले प्रशंसा गरेका छन् ।

शनिवार प्रसारित एपिसोडमा अतिथिका रुपमा पुगेका सलमानले प्रितमको प्रस्तुति पुरै सुनेपछि उनी नेपालका गर्भ गर्न लायक गायक बन्ने बताएका हुन् । ‘बच्चोका ए उदितनारायण कन्फर्म हे’ सलमानले भने ‘ओरिजिनल गीतमा भन्दा पनि बढी एनर्जी गीतमा थियो । तिमी नेपालले गर्भ गर्न लायक बन्ने छौ ।’

शनिबार प्रसार भएको एपिसोडमा प्रितमले हिन्दी फिल्मको ‘जब्बी कोही लड्की देखो मेरे दिल दिवाना ओले ओले’ बोलको गीत प्रस्तुत गरेका थिए । पूर्व प्रेमिका समेत रहेकी अभिनेत्री कट्रिना कैफका साथ सलमान शोमा सहभागी थिए ।

कार्यक्रममा अभिनेत्री कट्रिनाले प्रितमको गायनको प्रशंसा गर्दै कल्पना गर्न नसकिने गायन प्रस्तुति दिएको बताइन् । उनले अझ अगाडि बढ्न शुभकामना दिइन् ।  प्रितम इटहरीकै विश्व आदर्श विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् ।  उमेरले भर्खर ११ बर्षका उनी संगीत र पढाइ सँगसँगै लागि रहेका छन् । 

प्रतियोगिताको आजको एपिसोडमा भक्तपुरका आयुष केसीले प्रस्तुति दिँदै छन् । आयुषले पनि यस अगाडि चार्टवष्टर प्रस्तुति दिँदै आएका छन् ।
   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप