शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालका ११ बाणिज्य बैंक, कसले कति कमाए ?

सोमबार, २३ साउन २०७४, १२ : ०२
सोमबार, २३ साउन २०७४


काठमाडौं–गत आर्थिक बर्षमा नेपालका ‘क’ बर्गका १० वाणिज्य बैंकहरुले आफ्नो नाफा बढाएका छन् । खुद ब्याज आम्दानीमा भएको प्रगतिकै कारण अधिकाशं बैंकले नाफा उच्च वृद्धि गरेका हुन् । 


गत आवमा बैंकको नाफा

नविल बैंक–३ अर्ब ६२ करोड 
ग्लोवल आईएमई बैंक–२ अर्ब ३ करोड
प्रभु बैंक–१ अर्ब ७५ करोड
एनएमबी बैंक–१ अर्ब ५१ करोड
प्राइम कमर्सियल बैंक–१ अर्ब ४८ करोड
सिद्धार्थ बैंक– १ अर्ब ४१ करोड
माछापुच्छ्रे बैंक–१ अर्ब ३० करोड
सानिमा बैंक– १ अर्ब ३० करोड
लक्ष्मी बैंक–१ अर्ब २४ करोड
सिटिजन्स बैंक इन्टरनेशनल–१ अर्ब २१ करोड
सनराइज बैंक –१ अर्ब १६ करोड

बैंकहरुले प्रकाशित गरेको गत आर्थिक बर्षको वित्तिय विवरण अनुसार बैंकहरुले ब्याज आम्दानीमा सुधार गरेकै कारण नाफा बढेको हो । धेरै बैंकले आफ्नो नाफा अर्ब भन्दावढी पुर्याएका छन् । नेपाल राष्ट्र बैंकले दिएको चुक्ता पुँजी वृद्धिको समयसीमा पुरा गर्न पनि बैंकले नाफाका साथै चुक्ता पुँजी समेत वढाएका छन् । 


गत आर्थिक बर्षमा नविल बैंकले ३ अर्ब ६२ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २८ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा २ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको थियो । ६ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नविलले गत आवमा ५ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले अघिल्लो आवमा ४ अर्ब ३२ करोड खुद ब्याज आम्दानी गरेको थियो । बैंकले एक खर्ब एक अर्ब ४१ करोड निक्षेप संकलन गरि ९१ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 


यस्तै, ग्लोवल आईएमई बैंकले पनि गत आवमा २ अर्ब ३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । ग्लोवल आईएमई बैंकले अघिल्लो आवको तुलनामा नाफा ४७ प्रतिशतले वढाएको हो । बैंकले ३ अर्ब ५६ करोड खुद ब्याज आम्दानी गरेको छ भने एक खर्ब एक अर्ब निक्षेप संकलन गरि ८० अर्ब ८१ करोड कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब माथि छ । 


गत आवमा माछापुच्छ्रे बैंकको नाफा एक अर्ब ३० करोड पुगेको छ । गत आवको तुलनामा यो ४६ प्रतिशत बढी हो । बैंकले ब्याज आम्दानी २५ प्रतिशत बढाएको छ । ६ अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको माछापुच्छ«े बैंकले ५८ अर्ब ६२ करोड निक्षेप संकलन गरि ५१ अर्ब ८६ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आवमा बैंकको निक्षेप ५२ अर्ब २९ करोड र कर्जा ४४ अर्ब २३ करोड रुपैयाँ थियो । 


यस्तै, सोही आवमा प्रभु बैंकले एक अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आवको तुलनामा नाफा उल्लेख्य रुपमा बढाएको हो । अघिल्लो आवमा बैंकले एक अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । 


बैंकले गत आर्थिक बर्षमा २ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकले एक अर्ब ९६ करोड रुपैयाँ ब्याज कमाएको थियो । बैंकको गत आवको असार मसान्त सम्म ८१ अर्ब ३४ करोड निक्षेप संकलन र ६१ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी रहेको छ । अघिल्लो आवमा भने ६० अर्ब ९४ कोड निक्षेप संकलन  ४८ अर्ब २१ करोड ऋण लगानी थियो । बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ छ । 


यस्तै, गत आवमा प्राइम कमर्सियल बैंकले एक अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकले एक अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले गत आवमा एक अर्ब ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने बैंकले एक अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज कमाएको थियो । यस्तै, गत आवमा बैंकले ६५ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ३२ करोड रुपैयाँ छ । 


यस्तै, सनराइज बैंकले पनि गत आवमा एक अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा ९५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो । यो नाफा अघिल्लो आवको तुलनामा २२.९ प्रतिशत वढी हो । 


बैंकले गत आवमा २ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने अघिल्लो आवमा एक अर्ब ५० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले गत आवको असारसम्म ६१ अर्ब एक करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५१ अर्ब ५३ करोड ऋण लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ७ अर्ब एक करोड रुपैयाँ छ । 


यस्तै, ‘क’ बर्गको अर्को बैंक सिद्धार्थ बैंकले पनि गत आवमा एक अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवमा अघिल्लो आवको तुलनामा १६ करोड रुपैयाँ नाफा बढाएको छ । अघिल्लो आवमा बैंकले एक अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले गत आवमा २ अर्ब ६५ करोड खुद नाफा कमाएको छ भने अघिल्लो आवमा २ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो । 


बैंकले गत आवमा ७७ अर्ब ३१ करोड निक्षेप संकलन गरि ६६ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवमा भने बैंकले ६४ अर्ब ९३ करोड निक्षेप संकलन गरेको थियो । बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । 


यस्तै, एनएमबी बैंकले पनि आफ्नो नाफा बढाएको छ । बैंकले गत आवमा एक अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा बैंकले एक अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो । 


बैंकले गत आवमा २ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो नाफा २ अर्ब  एक करोड रुपैयाँ थियो । बैंकले गत आवमा ७३ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरि ६१ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । 
लक्ष्मी बैंकले गत आर्थिक बर्षमा एक अर्ब २४ करोड ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले हालै प्रकाशित गरेको वित्तिय विवरण अनुसार बैंकको नाफा करिव करिव दोब्बर बढेको हो । 


बैंकले अघिल्लो आर्थिक बर्षमा ६७ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले यो आवमा एक अर्ब ६५ करोड ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने ब्याज आम्दानी एक अर्ब ३० करोड रुपैयाँ थियो । बैंकका चुक्ता पुँजी ७ अर्ब ४७ करोड रुपैयाँ छ भने ५९ अर्ब ३२ करोड निक्षेप संकलन तथा ५२ अर्ब ७३ करोड ऋण लगानी गरेको छ । 


यस्तै, सानिमा बैंकले पनि गत आर्थिक बर्षमा एक अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आवमा भने ९९ करोड ६० लाख रुपयाँ नाफा कमाएको थियो । बैंकले गत आवमा ५८ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५१ अर्ब २६ कोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । 


यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलले पनि पनि गत आवमा एक अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १३ करोड रुपैयाँ बढी हो । बैंकले गत आवमा ५२ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 


यस्तै, विकास बैंकहरु मध्ये देव विकास बैंकले पनि गत आर्थिक बर्षमा आफ्नो नाफा एक सय ११ प्रतिशतले वढाएको छ । बैंकले सो आवमा २८ कोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको बैंकको नाफा १३ करोड ६५ लाख रुपैयाँ थियो । 


ब्याज आम्दानीमा भएको उल्लेख्य प्रगतिले बैंकको नाफा बढेको हो । बैंकले सो आवमा ५५ करोड ४८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंकले १० अर्ब ४१ कोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै, कर्णाली डेभलपमेन्ट बैंकले पनि सो आवमा १३ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा भने कम हो । अघिल्लो आवमा बैंकले १४ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप