शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा फेला पर्यो अमेरिकी फौजी किरा

आइतबार, १२ जेठ २०७६, १९ : १४
आइतबार, १२ जेठ २०७६

काठमाडौं– अमेरिकी फौजी किरा नेपालमा फेला परेको छ । अमेरिका हुँदै भारतसम्म आइपुगेका सो किरा नेपालमा कुरा वैशाख २७ गते फेला परेको छ । अन्नबालीमा व्यापक रुपमा नोक्सानी पुर्याउने सो कीराले अमेरिकाको रैथानी किरा हो । यस कीराको लार्भाले अन्नबाली लगायत विभिन्न ८० प्रकारका बालीनालीमा क्षती पुयाउने गरेको किट विज्ञान महाशाखाका वैज्ञानिक अजयश्री बज्रचार्यले जानकारी दिए । 

मुख्यतः मकै मन पराउने यो कीराले मकै नपाएको अवस्थामा जुनेलो, धान, गहुँ, कोदो, उखुबाली, घाँसेबाली, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलुबालीमा समेतमा क्षति पुर्याउने गरेको उनले बताए । बालीनालीका लागि अहिलेसम्मकै सबभन्दा खतरनाक यो किरा खाना तथा वासस्थानको खोजीमा यस कीराको वयस्क पुतली एकसय किलोमिटरसम्म पनि उडेर जान सक्छ । कीट विज्ञान महाशाखाको प्रयोगशालामा वैज्ञानिक अध्ययन गरि नवलपरासी क्षेत्रबाट फेला पारिएको कीरा क्उयमयउतभचब ाचगनष्उभचमब नामक यो अमेरिकी फौजी कीरा नै भएको पुष्टि भएको उनले बताए । 

अमेरीका पछि अफ्रिकी महादेशको नाइजेरियामा पहिलो पटक सन २०१६ को जनवरी महिनामा देखा परेपश्चात यो कीरा ४० अफ्रिकी मुलुकमा फैलिसकेको छ । यो कीराले गर्दा सन २०१७ मा अफ्रिकाको मकै उत्पादन गर्ने १२ देशमा मात्र ४ करोड जनसंख्यालाई असर गरेको छ भने ५३ प्रतिशत मकै उत्पादनमा कमी ल्याएको छ । यसबाट झण्डै ६.१९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी पनि भएको छ ।

 सन २०१८ मा भारतको कर्नाटका राज्यमा सो कीरा भेटिएको थियो । तत्पश्चात यस किरा बंगलादेश, श्रीलंका, म्यानमार, भियतनाम, थाईल्याण्ड तथा चीनमा समेत फेला परिसकेको छ । यसका लागि नेपालमा उक्त कीराको जीवनी, आनिबानी तथा व्यवस्थापनका विभिन्न पक्षहरुको बृहत अध्ययन अनुसन्धान समेत गर्नेुपर्ने देखिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप