शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकका ग्राहकलाई निदान हस्पिटलमा १५% सम्मको छुट

आइतबार, १२ जेठ २०७६, १९ : ०३
आइतबार, १२ जेठ २०७६

काठमाडौं– आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र पुल्चोकस्थित निदान हस्पिटल लिमिटेडका बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र निदान हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बिपेन्द्र प्रधानले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता–पत्र अनुसार निदान हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ८९ शाखा सञ्जाल, ८३ एटिएम तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप