शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आर्मीको लगातार दोस्रो जित

आइतबार, १२ जेठ २०७६, १८ : ५१
आइतबार, १२ जेठ २०७६

काठमाडौं– त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ  । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा प्रदेश नम्बर १ लाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो । आर्मीले दिएको २०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले २६ ओभर ५ बलमा अलआउट हुँदै ९१ रन मात्र जोड्न सक्यो । प्रदेश १ का लागि राजन मगरले सर्वा्धिक २६ रन जोड्दा मुकुन्द यादवले १८ रन बनाए । यस्तै रबि रोयले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । प्रदेश १ लाई सस्तैमा समेट्न आर्मीका लागि सुशन भारीले ह्याट्रिक विकेट लिए । उनले २६ ओभरको तेस्रो,चौंथो र पाँचौ बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरे । यस्तै करण केसीको नाममा २ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ ओभर ३ बलमा अलआउट हुँदै २०४ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामीले ५६ रनको अर्धशतकीय इनिङ खेले । हरिबहादुर चौहानले ४१ तथा कप्तान बिनोद भण्डारीले ३० रन बनाए । करण केसी २६ रनमा आउट हुँदा कुशल मल्लले १६ रन बनाए । प्रदेश १ का दिपेश कँडेलले ३ विकेट लिए । यस्तै सिदान्त लोहनी, फिर्दोस अन्सारी र मुकुन्द यादवले समान २ विकेट लिए । जितसँगै समूह आर्मीले २ खेलबाट ४ अंक जोडेको छ । सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको आर्मी शीर्ष स्थानमा रहेको छ । प्रदेश १ र प्रदेश २ अंकविहीन छन् ।

यसैगरी मुलपानी क्रिकेट मैदानमा आइतबार नै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको छ । पुलिसले दिएको १८६ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली २७ ओभरमा अलआउट हुँदै ९१ रनमा समेटिएको थियो । कर्णालीका सुशान्त थापाले सर्वा्धिक २९ रन बनाए । महेश खत्रीले १७ तथा दिनेश अधिकारीले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । कर्णालीलाई सस्तैमा समेट्न पुलिसका आरिफ शेख ४ विकेट लिए । ललित नारायण राजवंशीले ३ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा अलआउट हुँदै १८५ रन बनाएको थियो । पुलिसका लागि दिलिप नाथ र कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । दिलिपले ७२ रनको योगदान दिदा कुशलले ६२ रनको योगदान गरे । पुलिसका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।कर्णालीका सुदन पोखरेलले ५ विकेट लिए । यस्तै दिवन पुनले २ विकेट लिए । जितसंगै समूह ’बी’ को पुलिसले २ अंक जोडेको छ । पुलिस दोस्रो स्थानमा छ । यस समूह ४ जोडेको आर्मी शीर्ष स्थानमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप